पत्रकार शालिकराम पूडासैनीको  प्रकरणमा अनुसन्धानका लागि प क्राउ परेका टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई छोड्नु पर्ने माग गर्दे दमकमा तीन दिन देखि प्रर्दशन हुदै आएको छ । रविका शुभेच्छुकहरुको समूहले उनको स-सम्मान रिहाईको माग गर्दे दमकमा प्रर्दशन जारी राखेको हो । आज पनि त्यस समूहले नाराजुलुस गर्दे प्रर्दशन निकालेको छ । सहभागिहरुले रविलाई नछाडेसम्म विरोध प्रर्दशन जारी राख्ने जनाएका छन् ।

दमक चौकबाट शुरु भएको प्रदर्शन पुनः दमकको गणतन्त्र चोक सम्म पुगेर समापन गरिएको थियो । प्रर्दशनमा सहभागीहरुले लामिछानेलाई रिहाई गरिनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै सरकार विरुद्ध नाराबाजी गरेका छन् ।कमलको केर्खा र गौरादहमा समेत रविलाई छोड्न दबाब दिदैं अपरान्ह प्रदर्शन भएको छ ।

अनुसन्धानलाई प्रभावित नगर्न चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी झापाले आफ्ना पार्टी सदस्यहरुलाई अहिले चितवनमा भएको पत्रकार शालिकराम पूडासैनीको  प्रकरण र सो घ ट्नाको अनुसन्धानका सिलसिलामा प क्राउ परेका रवि लामिछानेको रिहाईको माग गर्दै भईरहेको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धानलाई प्रभावित पार्ने किसिमका गतिबिधीमा संलग्न नहुन नागरिक तथा आफ्ना पार्टी सदस्यहरुलाई सचेत गराएको छ ।

पार्टीका तर्फबाट जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणि साम्पाङले ३ भदौमा विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालहरु मार्फत त्यसलाई सार्वजनिक गरेका हुन् ।

Comments