काठमाडौं । टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृ त अवस्थामा फेला परेका छन् । उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका ३० वर्षीय सविना तामाङ बजगाईं दिउँसो मृ त अवस्थामा फेला परेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले मङ्गलबार राति सुत्न आएको दुवैजना आज दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिए । गेस्ट हाउसको बन्द कोठामा युवती खाटमा र युवा भुँइमा पल्टिरहेको अवस्थामा फेला परेको उनले बताए । महिला खाटमा र पुरूष भुईंमा लडेको अवस्थामा फेला परेका हुन्। दुबै जनाको श वकाे माथिल्लाे भाग न’ग्न अवस्थामा रहेकाे प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुबै विवाहित भएपनि श्रीमान श्रीमती हाेइनन्।

महिलाको माइत काभ्रे तथा घर मकवानपुर भएको बताइएको छ। उनका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन्।उनी बालाजु बाइसधारामा खाजा पसल चलाएर बसेकी थिइन्। युवतीका परिवारका सदस्य प्रहरी सम्पर्कमा पुगेका छन्। युवाकाे फाेन लक हुँदा सम्पर्कमा समस्या भइरहेकाे प्रहरीले जनाएकाे छ। काेठामा दुबैले बाेमिट गरेकाे र खाना छरिएकाे अवस्थामा छ। उनले काेठामा भेटिएका खाना परिक्षणका लागि संकलन गरिएकाे बताए।प श;व पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ। दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments