परिवारको खुसीको लागि भन्दै विदेश गएकी एक महिला त्यहाँ पनि धोका पाएर रित्तो हात फर्केकी छन् । दागंको बसपार्कमा रहेकी ति महिला तीन वर्ष अघि दुवई गएकी थिइन् । गोपाल चन्द भन्ने ब्यक्तिले उनलाई दुवईमा बोलायो । आफ्नो सम्बन्ध विच्छेद भएको र छोराछोरी सम्हाल्ने राम्रो महिला चाहिएको भनेर एक जना छिमेकी दिदीलाई भनेपछि ति दिदी मार्फत आफु उसको सम्पर्कमा गएको बताइन् । आफ्नो पनि पहिलो घर बिग्रेको कारणले आफु पनि सहाराको खोजिमा रहेको उनले बताइन् । आफु सहाराको खोजिमा रहेको बेलामा त्यस्तो अफर आएपछि छिमेकी दिदीको विश्वासमा उनी दुवई पुगेको बताइन् ।

दुवई पुगेको एक वर्ष फरक फरक शहरमा बसेको उनले बताइन् । त्यती बेला आफ्नो राम्रो कमाई रहेको उनले बताइन् । उनले आफुले प्रत्येक महिना कमाएको पैसा सबै उसलाई बुझाउने गरेको बताइन् । प्रत्येक महिना १३ सय दुवईको पैसा बुझ्ने र त्यो पैसा प्रत्येक शुक्रवार गएर उसलाई बुझाउने गरेको बताइन् । तास खेलेको मात्र १८ सय रुपैया गोपाललाई दिएको बताइन् । यसरी विवाह गर्ने प्रलोभन देखाउँदै उनले तीन वर्ष सम्म आर्थिक शोषण गरेको बताइन् ।

उनले आफुलाई दुवईमा सबैसंग श्रीमती भनेर चिनाउने गरेको उनले बताइन् । गोपालले आफ्नो श्रीमतीसंग मिलेर आफुलाई कमाउने साधन बनाएको उनले बताइन् । डेढ वर्ष पछि संगै बस्न थालेपछि आफुलाई अर्को श्रीमती छ भनेर भन्दा पनि आफुले विश्वास नगरेको बताइन् । आफुलाई गोपालका आफन्तले पनि उसको श्रीमती अरुसंग विवाह गरेर गइसकेको भन्दै झुक्याएको उनको भनाई छ ।

ऋतिक रोशन विश्वकै ‘ह्यान्सम’ पुरुष

मुम्बई– बलिउड अभिनेता ऋतिक रोशनले विश्वकै सुन्दर पुरुषको उपाधि जितेका छन्। यसअघि एसियाकै सुन्दर पुरुष बनेका ऋतिकले विश्वका पाँच सुन्दर पुरुषमध्ये उत्कृष्ट ठहरिँदै विश्व सुन्दर पुरुषको उपाधि पाएका हुन्।उनले ‘टप ५ मोस्ट ह्यान्सम म्यान इन द वर्ल्ड २०१९’मा शीर्ष स्थान हासिल गरेका छन्। टाइम्स अफ इण्डियाका अनुसार ऋतिकले क्रिश इभान्स, डेभिड ब्याकहम, रोबर्ट प्याटिन्सन, सलमान खान, ट्रम कुज लगायतलाई प्रतिस्पर्धामा उछिनेका थिए। उनी एक्टरका साथै डान्सर पनि हुन्। फिल्म ‘सुपर ३०’ले बक्स अफिसमा राम्रो कारोवार गरेपछि ऋतिक अहिले पारिवारिकसँग समय विताइरहेका छन्। उनी आगामी फिल्ममा टाइगर श्राफसँग एक्सन अवतारमा देखिँदैछन्।

प्रियंकालाई राष्ट्रसंघको दूतबाट हटाउन माग

मुम्बई – अभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन पाकिस्तानी मन्त्रीले आग्रह गरेकी छिन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानको मानवअधिकार मन्त्री शिरीन मझारीले भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन युनिसेफलाई आग्रह गरेकी हुन्।

युनिसेफले बदमास मोदी सरकार र भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल सद्भावना दूतबाट हटाउनु पर्दछ। अन्यथा यसले त्यस्ता नियुक्तिहरूको उपहास गर्दछ। युनिसेफले मर्यादित पदहरूमा सद्भावना दूत नियुक्त गर्दा होसियार हुनु जरुरी छ,’ मन्त्री मझारीले सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गरेकी छिन्। बलिउड र हलिउडमा काम गरिसकेकी अभिनेत्री चोपडा संयुक्त राष्ट्रसंघकी सद्भावना दूत हुन्।

भारतीय सेनालाई प्रोत्साहन गरेर पुलवामा हमलापश्चात् पाकिस्तानसँग युद्धको आह्वान गरेकोमा अभिनेत्री चोपडालाई पाकिस्तानी समर्थकहरूले गाली गरेका थिए। हालै लस एन्जल्समा आयोजित कार्यक्रममा उपस्थित अभिनेत्री चोपडालाई एक पाकिस्तानी युवतीले संयुक्त राष्ट्रसंघको सद्भावना दूत भएर युद्धलाई किन प्रोत्साहन गरेको भनेर प्रश्न सोधेकी थिइन्।

जवाफमा अभिनेत्री चोपडाले आफूलाई देशभक्त भएको प्रतिक्रिया दिएकी थिइन्। ‘मेरो पाकिस्तानका थुप्रै साथी छन् र म भारतकी हुँ। युद्ध कुनै यस्तो कुरा होइन, जुन साँच्चै नै मलाई मनपर्छ। तर, म देशभक्त हुँ। त्यसकारण मलाई माया गर्नेहरुको भावनालाई आहत पुगेकोमा म खेद व्यक्त गर्छु। तर मलाई लाग्छ कि, हामी सबै एकै किसिमका छौं। हामी सबै हिँड्ने मिल्ने एउटा बीचको बाटो तय गर्नुपर्छ। ठिक त्यस्तै जुन तपाईं पनि गर्नुहुन्छ। हामी सबै प्रेमका लागि यहाँ छौं,’ अभिनेत्री चोपडाले भनेकी थिइन्।

Comments