काठमाडौं, २ भदौ । उपत्यकामा डेंगु रोग सार्ने लामखुट्टे फेला परेको छ । काठमाडौंमै डेंगुको खतरा भएपछि सतर्क रहन आग्रह गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा एडिज नामक लामखुट्टेको बिगबिगी छ। यो लामखुट्टेले दिउँसो टोकेपछि मानिसमा डेंगुको संक्रमण हुन्छ। पछिल्ला तीन महिनामा उपत्यकामा डेंगुका ११ जना बिरामी देखिएका छन्। डेंगु महाशाखाका उत्तमराज प्याकुरेलरे भने ‘उपत्यका डेंगु रोगको उच्च जोखिममा छ’ । उपत्यकाभर नै डेंगु सार्ने लामखुट्टे भए पनि बानेश्वर, तीनकुने र ताहचल क्षेत्र उच्च जोखिममा रहेको प्याकुरेलले बताए।

‘डेंगु लागेका बिरामीलाई खुवाउने बेग्लै औषधी हुँदैन। अस्पताल जाने नर्सिङ केयरमा बस्ने हो,’ उनले भने।डेंगु नियन्त्रणका लागि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहहरूबीच छलफल भएको थियो।‘मन्त्रालय, विभाग, प्रदेश, काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहबीच अब कसरी अघि बढ्ने भन्ने छलफल भयो,’ प्याकुरेलले भने, ‘व्यापक रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भन्ने छ।’डेंगु लागेपछि ज्वरो, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्ष्यण देखा पर्छन्।डेंगु लागेपछि समयमै स्वास्थ्य संस्था नगए बिरामीको मृ९त्युसमेत हुन सक्छ।

दिउँसोपख लामखुट्टेले टोक्दा डेंगु लाग्ने हुँदा बाहुला भएको लुगा लगाउनुपर्छ भने घरमा झुलभित्र बस्नुपर्छ। उपत्यकाबाहिर मकवानपुर, कास्की, सुनसरी, उदयपुरमा डेंगु देखिएको छ।यीमध्ये धरान उपमहानगरपालिकामा दुई हजारभन्दा बढीमा डेंगु देखिए पनि कसैको मृ९त्यु नभएको महाशाखाले बताएको छ। यहाँ लामखुट्टेको बासस्थान खोजीगरी लार्भा नष्ट गर्ने काम नियमित रूपमा भइराखेको छ।कास्कीमा पनि साउनमा डेंगु देखा परेको थियो। पोखरा महानगर वडा नम्बर ९८ शिवालय क्षेत्रमा १८ जना डेंगुका विरामी भेटिएका थिए। मकवानपुरको हेटौंडा उपमहानगर वडा नम्बर ४ मा पनि डेंगुका विरामी देखा परेका थिए। ३८ जना विरामीको विभिन्न स्वास्थ्य संस्थाको रेखदेखमा राखिएका थिए।

यो पनि पढ्नुहोस : घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द

चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्र्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा भत्काएको थियो ।

साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर, टहरा भत्काएको भन्दै उनीहरूले आजदेखि अनिश्चितकालीन नगरकोट बन्दको आह्वान गरेका सङ्घर्ष समितिका संयोजक दिलीप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई कुनै विकल्प नदिइ एक्कासि हाम्रो घर टहरा र होटल तथा व्यवसायमाथि डोजर चलाइयो, यसको विरोधमा हामीले आजदेखि नगरकोट अनिश्चितकालीन बन्द गराएका हौँ ।”

साना व्यवसायीले सडकमा टायर बालेर सडक बन्द गराएकाले नगरकोट आउने र जाने सार्वजनिक एवं निजी यातायातका साधन बन्द भएका छन् । स्थानीयवासी धनबहादुर लामाले नगरपालिकाले जबर्जस्ती गरेको विरोधमा व्यवसायी विरोधमा उत्रिएको बताउँदै यसले पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो । उहाँले नगरकोट आउने पर्यटकलाई भने बन्द आयोजकले नरोक्ने जनाए पनि केही पर्यटक बन्द भएको सुनेर बीचबाटै फर्किएको जानकारी दिनुभयो। यता नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भने पटकपटक सूचना जारी गरी माइकिङ गरेर नै अवैध संरचना हटाइएको जानकारी दिँदै बाँकी २० घर, टहरा आज भत्काइने बताउनुभयो ।

नगरपालिका र वन कार्यालयले भट्टेडाँडा नगरकोट टावरसम्मका अवैध घर, टहरा भत्काएको थियो । हिजो घर टहरा भत्काउने क्रममा झडपसमेत भएपछि सुरक्षाकर्मी परिचालन गरी भत्काइएको थियो । यहाँका ठूला होटल सञ्चालकहरूले भने अवैधरुपमा सञ्चालित होटल तथा रेस्टुराँले जग्गाको भाडा तिर्नु नपर्ने, व्यवसाय दर्ता पनि गर्नु नपर्ने र सरकारलाई राजस्व पनि तिर्नु नपर्ने भन्दै यस्ता व्यवसाय हटाउन माग गर्दै आएका थिए ।

Comments