पत्रकार शालिकराम पुडासैनी प्रकरणले चितवनको माहोल यतिबेला तातिरहेको छ । यही प्रकरणमा न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन प्रहरीको हिरासतमा छन् । उनलाई रिहाइको माग गर्दै बाहिर उनका प्रशंसकहरुले नाराबाजी गरिरहँदा हिरासतभित्र थुनुवाको रुपमा रहेका पत्रकार रवि लामिछाने के गर्देछन् भन्ने जिज्ञासा सबैलाई छ । प्रायः मानिसहरु जेलमा बस्दा धेरै भन्दा धेरै पुस्तक पढ्ने गरेको त सबैले सुनेकै हो । लामिछानेले पनि चितवन प्रहरीको हिरासतलाई उपन्यास पढ्ने उपयुक्त थलो बनाएका छन् ।

बाहिर उनको फ्यानहरु नाराजुलुस र ढुंगामुढामा उत्रिरहँदा उनी भने हिरासतमा उपन्यास पढ्न मै व्यस्त छन् । संचारकर्मी लामिछाने अहिले सुविन भट्टराईको चर्चित उपन्यास साया पढिरहेका छन् । हिरासतमा बन्दीहरुको भीडमा पनि म्याट ओछ्याइएको भूँइमा नै बसेर एक छेउमा गहिरिएर उपन्यास लगातार पढेको देखेपछि उनको किताब मोहलाई मानवअधिकार कर्मीहरुले पनि प्रशंसा गरेका छन् ।

शनिबार साँझ पाँच बजेतिर मानवअधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौडेलसहितका पदाधिकारीहरु हिरासतमा जाँदा उनी साया उपन्यास पढिरहेका थिए । हिरासतको भूइँमा म्याट ओछ्याइएको थियो, उनी अरु थुनुवासँगै त्यहाँ रहे पनि एक छेउमा बसेर उपन्यास पढिरहेको मानव अधिकारकर्मीहरुले बताए । हाफ पाइन्ट र सर्ट लगाएर पुस्तक पढिरहेका उनले केही समय अगाडि आफूले समर लभ पढिसकेको र अहिले साया पढिरहेको मानवअधिकारकर्मी हरि अधिकारीलाई जानकारी दिएको अधिकारीले नारायणी अनलाइनलाई बताए ।

मानवअधिकारकर्मीहरु उनी बसेको कार्यकक्षमा प्रवेश गर्नासाथ उनले आफूलाई प्रहरीले किन प९क्राउ गरेको हो ? भनेर मानवअधिकारकर्मीहरुलाई प्रश्न पनि गरेका थिए । बसाइ र खानपान सबै ठीक रहेको उनले बताएका थिए । हिरासत वरिपरि हति९यारसहित प्रहरीको कडा पहरा,बाहिर सडकमा रविका प्रशंसकहरुको निरन्तरको प्रदर्शन र झडप । रवि भने साया उपन्यास पढ्न व्यस्त रहनु कुनै सिनेमाको दृश्य भन्दा कम लाग्दैन । नारायणी अनलाइन बाट

भरतपुरको चौविसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र,प्रदर्शन गर्न नपाइने

भरतपुरको चौविसकोठीदेखि मालपोत चोक सम्मको क्षेत्रमा प्रदर्शन र मानिसको जमघट निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले यो क्षेत्रमा आजदेखि प्रदर्शन र हुलहुज्जत गर्न नदिने भएको हो ।

अधिकांस अस्पताल र संवेदनशिल क्षेत्र रहेकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अघोषित निषेधित क्षेत्र बनाउन लागेको हो । चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लका अनुसार आजदेखि जिल्लाको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ । उनले भने,‘विभिन्न क्रियाकलापका कारण यहाँ उपचारका लागि आउने विरामीले सास्ती पाएका छन्,आजदेखि यो क्षेत्रलाई शान्तीपूर्ण राखिनेछ ।’ उनले प्रदर्शनका नाममा अराजक गतिविधि गरे नियन्त्रणमा लिएर कारवाही गर्ने चेतावनी दिए ।

Comments