नवलपरासी, २ भदौ । पूर्व पश्चिम राजमार्ग हिँजो सांझ ७ वजे देखि ठप्प भएको छ । पूर्वी नवलपरासीस्थित अरुण खोलाको डाइभर्सन बाढीले बगाए पछि पूर्व पश्चिम राजमार्गमा आवागमन बन्द भएको हो । पूर्व–पश्चिम राजमार्ग १५ घण्टादेखि ठप्प हुँदा हजारौं यात्रु अलपत्र छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाएको हो । आइतबार साँझ ७ बजेदेखि यातायात अवरुद्ध छ।

सडक अवरद्ध भएका कारण राजमार्गमा सवारीको लामो लाइन लागेको छ। रोकिएका गाडीको लाइन पश्चिम नवलपरासीको बर्दघाटसम्म आईपुगेको छ। बाटोमै अलपत्र परेका यात्रु खान र पानी समेत पिउन नपाएर अप्ठेरोमा परेका छन् । राजमार्ग खोल्ने प्रयास भइरहेको र करिब १ घण्टापछि खुल्ने जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। केहीदिनअघि पुल भाँचिएपछि डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिएको थियो ।

पूर्वपश्चिम राजमार्गको बुटवल९नारायणगढ सडकखण्डमा पर्ने पूर्वी नवलपरासीको अरुणखोलाको पुल भाँचिएको ६ दिन बितिसक्दा पनि अझै मर्मत हुन सकेको छैन। पुल भाँचिएपछि डाइभर्सनबाट सवारीसाधन सञ्चालनमा ल्याइएको थियो।

तर आइतबार साँझदेखि खोलाले डाइभर्सन बगाएपछि सवारीसाधन ठप्प छन्। बगाएको डाइभर्सन मर्मत गरेर सवारीसाधन सञ्चालन गरेको आधा घण्टामै पुनस् सोमबार बिहान बगाएको छ। जसका कारण सयौं सवारीसाधन र हजारौं यात्रुहरु बीच सडकमै अलपत्र परेका छन्। ह्युप पाइप राखेर डाइभर्सन बनाइएको छ। वर्षाका कारण खोलामा पानी बढेपछि डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक राजेन्द्र अधिकारीले बताए।

अहिले डोजर लगाएर मर्मतको काम गर्ने प्रयास भइरहेको छ। खोलामा पानी धेरै भएकाले डाइभर्सन बनाउन समस्या भएको छ। खोलामा पानी बढी रहेको छ। पानी कम भएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइने उनले बताए। तत्काल डाइभर्सन बनाए पनि साना सवारीसाधन भने सञ्चालनमा आउन समस्या हुने प्रहरी निरीक्षक अधिकारीले बताए।

Comments