काठमाडौं, २ भदौ । पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट र उनले प्रयोग गरेको मोवाइलको फरेन्सिक रिपोर्ट प्रहरीको हातमा पुगेको छ । मोवाइलको फरेन्सिक रिपोर्टका आधारमा पुडाशैनीले भिडियोमा भनेका नाम अनुसारका ब्यक्तिलाई प्रहरीले प९क्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ । पुडाशैनीको पोष्टमार्टम रिपोर्टको पर्खाइमा रहेको प्रहरीको हातमा अब त्यो रिपोर्ट पनि पुगेको छ । तर रिपोर्टमा के छ भन्ने कुरा भने प्रहरीले खुलाएको छैन ।

यो संगै सो घ९टनाको अनुसन्धान गरिरहेको प्रहरी दोस्रो चरणमा पुगेको छ। घ९टनाको चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छुट्टा छुट्टै अनुसन्धान गरिरहेका छन् । सीआइबीले सो घ९टनाका बारेमा अझ सुक्ष्म रुपमा केलाउने भएको छ। ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा शनिबार राती सिआइबीको टोली चितवन पुगेर घ९टनाको शुष्म अनुसनधान सुरु गरेको छ । टोलीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) को प्रतिवेदनसहितका विषयमा अध्ययन गरिरहेको हो। पत्रकार शालिकरामको मोबाइलमा भिडियो बाहेक अन्य सामग्री समेत भेटिएका थिए। ती सामग्री के हुन् भनेर प्रहरीले अहिलेसम्म खुलाएको छैन। प्रहरीले अति गोप्य राखेर घ९टनाको अनुसन्धान सुरु गरेको हो । गोप्य राखिएका ती विषयमाथि सीआइबीको टोलीले अनुसन्धान थालेको हो।

पत्रकार शालिकराम चितवनको पोखरा बसपार्कस्थित होटल कंगारुमा २०७६ साउन २० मा मृ९त भेटिएका थिए। अनुसन्धानका लागि रवि लामिछाने लगायत तीन जना प९क्राउ परेपछि रविका समर्थक अहिले चितवनमा भेला भएर रविको रिहाई मागिरहेका छन् । चार दिन देखि चितवनको जनजिवन नै प्रभावित हुन थालेपछि राजनीतिक दलको सर्वदलिय बैठकले पक्ष र विपक्षमा हुने आन्दोलन निरुत्साहित गर्ने निर्णय गरेको छ । सर्वदलिय बैठक पछि प्रहरी प्रशासन झन कठोर रुपमा प्रस्तुत हुने भएको छ । प्रदर्शनमा अराजक तत्वको घुसपैठ हुनसक्ने र त्यसले अवस्था विग्रन सक्ने भन्दै प्रहरीले थप सजगता अपनाएको हो । प्रहरीले जिल्ला बाहिरवाट चितवन पुगेकाहरुलाई तत्काल चितवन छाड्न चेतावनी दिएका छन् ।

त्यस्तै चितवनमा पछिल्लो समय भएको दैनिक प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन सर्वदलीय सहमति जुटेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले सर्वसाधारणको दैनिकी प्रभावित हुन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको समेत उपस्थितिमा बसेको बैठकले शान्तिसुरक्षा प्रभावकारी बनाउनेसहितका तीनवटा महत्वपूर्ण निर्णय गरेको हो ।

न्यायीक हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायत अन्य दुई जनाको विषयमा छानविनका लागि सहयोग पुर्याउँन सहयोग गर्ने र जनताको दैनिक जीवनमा कुनैपनि किसिमको खलल पुग्ने काम हुन नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।उनले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको भन्ने समाचारमा सत्यता नभएको दावी समेत गरे ।पत्रकार शालिकराम पुडासैनी प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि चितवनमा प्रदर्शन हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पनि निषेधित क्षेत्र घोषणा नगरिएको बताए । ‘त्यस्तो केही घोषणा गरिएको छैन । शान्ति सुरक्षा कायम गर्न प्रहरी तैनाथ छ’ एसपी मल्लले भने ‘अहिले चितवन शान्त छ ।’ पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा फेला परेका थिए । घटनाको जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ भने लामिछानेसहितका तीन जनामाथि जिल्ला प्रहरी कार्यालय चितवनले साउन ३१ गते अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Comments