काठमाडौँ । माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको प्रकरण बल्झिँदै गएका बेला पुडासैनीको पोस्टमार्टम रिपोर्ट आएको छ । गएको साउन २० गते चितवनको नारायणगढ स्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा फेला परेका पुडासैनीको मृत्यु प्रकरणपछि उनको भिडियामा चर्चित पत्रकार रवि लामिचानेको नाम मुछिएपछि यो घटनाले ठूलो रुप लिएका बेला रवि लामिछाने र सालिकरामको घटनाको विषयलाई लिएर राजकुमार बानिया र अर्जुन खड्काले गीत नै तयार गरेका छन् सार्वजनिक भिडियोले रहस्यमय देखिएका प्रश्नलाई जस्ताको त्यस्तै उठाएको छ भने रवि र पुडासैनी दुवैको न्यायको समेत कामना गरेको छ । हेर्नुहोस् मन छुने यो भिडियो

त्यस्तै जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । रबि लामिछाने प९क्राउ परेकै भोलिपल्टदेखि प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले शान्ति कायम गर्न बाध्य भएर क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले बताए।उनका अनुसार निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।

उनले भने,‘ दिनहुँको प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले शान्ति कायम गर्न चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको हो, यदि कसैले निषेधित क्षेत्रमा प्रदर्शन ग¥यो भने कानुन बमोजिम कारवाही हुनेछ।’ पत्रकार शालिकराम पुडासैनी  प्रकरणबारे अनुसन्धान गर्न रविलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । अहिले जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो। घ९टनामा एक असईसहित सातजना प्रहरी घाइते भएका भएका थिए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियो छ।पुडासैनी प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएपछि प्रर्दशन थप चर्किएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै सुरु हुने गरि ५ दिन हिरासतमा राख्न म्याद थप गरेपछि प्रहरीले अनुसन्धान थालेको हो।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती फेला परेका थिए। पत्रकार पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियो गत बुधबार सार्वजनिक भएको थियो। भिडियोमा कार्की, लामिछाने र कडेंलका कारण म९र्नु परेको  पुडासैनीले बोलेका थिए।

त्यस्तै टेलिभिजन पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा रहेका पत्रकार रवि लामिछाने समर्थकले काठमाडौँको बबरमहलमा -याली निकालेका छन् । शनिबार अपरान्ह निकालिएको -यालीमा सहभागीहरुले पुडासैनी प्रकरणको निष्पक्ष छानबिन, पत्रकार रवि लामिछानेको रिहाईको माग गरेका थिए । उनीहरुले दोषी उम्किने र निर्दोष फस्ने वातावरण नबनोस् भन्ने कामना गरेका थिए ।

Comments