काठमाडौं– शालिकराम पुडासैनी प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको सम्पत्ति छानविन गर्न माग भएको छ । पत्रकार पुडासैनीले रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछानेले विभिन्न व्यापारीक समूह, तस्करहरुसँग रकमको बार्गेनिङ गर्ने गरेको र करोडौं लिने गरेको आरोप लगाइएको थियो । पुडासैनीले यस्तो आरोप लगाएपछि सामाजिक सञ्जालमा यसबारेमा बहस भइरहेको छ । लामिछानेको पक्षमा चितवन र देशका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा सामाजिक सञ्जालमा पुडासैनीको न्याय र रविको पक्षमा बहस भइरहेको हो ।

पुडासैनीले न्याय पाउनु पर्ने र कोही पनि निर्दोष फस्न नहुने विषयले केही दिन यता सामाजिक सञ्जाल बहसको केन्द्र बनेको छ । यसैबीच सत्तारुढ दल नेकपाको भ्रातृ संगठन नेपालका सहसंयोजक रमेश पौडेलले सञ्चारकर्मी लामिछानेको सम्पत्तिको श्रोतको छानवीन गर्नुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुमा उनले रविको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राखेका छन् । पूर्व सहकर्मी शालिकराम पुडासैनीले आफूलाई लामिछाने लगायतले अत्याधिक तनाव दिएका कारण मृ९त्युवरण गर्न लागेको भिडियो मार्फत बताएका थिए । प्रकरणबारे अनुसन्धानमा रहेको प्रहरीले थप अनुसन्धानको लागि भन्दै बिहीवार लामिछानेसहितका तीन जनालाई प्रहरीले प९क्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न भन्दै अदालतले चितवन प्रहरीलाई शुक्रवार पाँच दिनको समय दिएको थियो । त्यसयता रविलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवन आसपास दैनिकजसो प्रदर्शन भइरहेको छ ।समर्थकहरुले रविलाई फसाउन खोजेको भन्दै प्रशासन र सरकार विरुद्ध आ९क्रोश पोखेका छन् । प्रहरी र प्रदर्शनकारीबीच कयौंपटक झ९डपको स्थिति समेत बनेको छ । जसका कारण केही प्रहरी र प्रदर्शनकारी समेत घा९इते बन्न पुगेका छन् । श्रोत खबर हब

Comments