काठमाडौं- पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका छन् । आमा कोमललाई बिदा गर्न विमानस्थल पुगेका उनले ड्युटीमा रहेका प्रहरी नायव उपरीक्षकमाथि हातपात गरेका हुन् । विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले चेकजाँच गर्नेक्रममा उनका छोरा हृदयेन्द्र शाह र बहिनी पेरणाका छोरालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै प्रहरीको छात्तीमा समातेर धकेलेका थिए ।उनका समर्थकले राजतन्त्रको नारा लगाउँदै गरेका बेला उनी भने सुरक्षार्थ खटिएका प्रहरीमाथि नै जाइलागेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा देखिएको दृश्य हेर्दा पनि पूर्वयुवराज पारस फर्कीफर्की प्रहरीमाथि झम्टिएको देखिएको छ । सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी माथिको दुर्व्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको छ ।

यो पनि पढ्नुहोस : शेयर बजार ः नेप्सेमा नौ अङ्कको ओरालो

निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ ।यस्तै सेन्सेटिभ परिसूचक १.५७ बिन्दुले घटेर २६३.११ बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दो कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६० कम्पनीको ११ लाख एक हजार ७७६ कित्ता शेयर रु ३२ करोड ९५ लाख २७ हजार ९१५ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । उत्पादन उपसमूह १.८ बिन्दुले बढ्दा बैंकिङ ४.२५, होटल ११.१९, विकास बैंक ५.४३, जलविद्युत् १८.७७, वित्त ३६.५८, निर्जीवन बीमा ३१.५८, अन्य ११.१४, लघुवित्त ८.५८, जीवन बीमा ८७.४२ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ४५ लाख ३४ हजार ४५६ बराबरको कारोवार भयो । यस्तै रसुवागढी जलविद्युत् कम्पनी रु एक करोड ७० लाख ५२ हजार ५२९, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ७० लाख दुई हजार ३९७, कृषि विकास बैंक रु एक करोड ५७ लाख ९१ हजार ९४९, शिवम् सिमेन्ट रु एक करोड ३८ लाख ३३ हजार ३१८, प्राइम कर्मसियल बैंक रु एक करोड सात लाख सात हजार १२२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८५ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ६.८४, गुडविल फाइनान्स ३.७३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २.६४, सामुदायिक लघुवित्त वित्तीय संस्था १.९२ र सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीले १.७४ प्रतिशतले कमाए ।यस्तै गुमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था ४.७५, वल्र्ड मचेन्ट बैंकिङ एण्ड फाइनान्स ३.९६, गुराँस लाइफ इन्सुरेन्स ३.८५, रिडी हाइड्रोपावर ३.३३, सेञ्चुरी बैंकका शेयरधनीले ३.०८ प्रतिशतले गुमाए ।

यो पनि पढ्नुहोस सडकको दुरवस्थाः यातायात सञ्चालनमा कठिन नेपालको उत्तरी नाका रसुवागढीको सडकको दूरावस्थाका कारण त्यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई समस्या भएको छ । नागरिक समाजका अनुसार धुञ्चेदेखि उत्तरी क्षेत्र खोपाङ भिर क्षेत्रका सडक दिनानुदिन जीर्ण हुँदै गएको छ । हिलोमा सवारीसाधनका चक्का गाडिएर एउटा मोटर पार गर्न घण्टौँ लाग्ने गरेको छ ।

डिभिजन सडक कार्यालयले मेशिन उपकरण प्रयोग गरेको भनिए पनि भएका उपकरणले हिलो सडकमा थप हिलो मात्र बनाउने काम भइरहेकाले ग्राभेल ढुङ्गाको व्यवस्था गर्न स्थानीयवासीले आग्रह गरेका छन् ।पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने उक्त सडक सुधारका लागि गत साउन महीनामा सडक विभागअन्तर्गत उपकरण महाशाखाबाट रसुवा पठाइए पनि ती उपकरण अफिस समयमा मात्र गुड्ने र भन्सार शुल्क तिरेर आएका सिलबन्दी मालबाहक कन्टेनर डिब्बा सधैँ हिलो पार गर्न नसकेर हैरानी हुने गरेको चालकको गुनासो छ ।

राजमार्गको खोपाङ भिरका सतह बढी हिलो भएकाले ग्राभेलका लागि डिभिजन सडक कार्यालय नुवाकोटमा ताकेता भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले सडकको व्यवस्थापनका लागि ग्राभेल व्यवस्थापनमा गाउँपालिकाले समेत सहयोग कार्य अगाडि बढाएको जानकारी दिनुभयो ।

Comments