शालिकरामको रहस्यमय मृ८त्युका सम्बन्धमा अनुसन्धान गर्न चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई निय८न्त्रणमा लिएर अनुसन्धान गर्न थालिए पछि चितवनको जनजिवन नै अ८स्तब्यस्त पार्ने किसिमले तिनदिन देखि प्रदर्शन जारी छ । पुडाशैनीले देह त्याग गर्नु अघि रेकर्ड गरेको भिडियोमा रवि लगायत तीन जनाको नाम लिँदै आफुलाई यस्तो निर्णय गर्न बाध्य पार्ने यिनै हुन् भनेर किटान गरेपछि प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ ।

रवि लामिछाने लगायत प८क्राउ परेको खबर बाहिरिएसंगै चितवनमा रविका समर्थकको भिड जम्मा भएको छ । शुक्रवार देखि चितवनको अवस्था तना८वपूर्ण भएपछि नागरिक समाज, नागरिक दल र सुरक्षा निकायको सर्वदलिय बैठकले अनुसन्धान प्रभावित हुने गरी भइरहेका प्रदर्शन र नारावाजीलाई निरुत्साहित पार्ने निर्णय गरेका छन् । प्रहरी चौकी माथि आक्र८मण समेत हुन थालेपछि यस्तो कृयाकलाप विरुद्ध सत्तारुढ दल नेकपा र प्रतिपक्षि नेपाली कांग्रेस समेत एक भएर त्यस्ता कृयाकलाप बिरुद्ध कडाई गर्ने निर्णय गरेका छन् । उनीहरुले अनुसन्धानलाई प्रभाव पार्नेगरी हुल हुज्जत समेत नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशी सहभागी थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि उपस्थित थिए । अदालतवाट म्याद थप भइ आएका ब्यक्तिलाई रिहाईको माग गर्दै भइरहेका प्रदर्शनले चितवनको दैनिक जिवनमा नै असर परीरहेको ठहर गर्दै पक्ष र विपक्षमा हुने यस्ता प्रदर्शन रोक्ने निर्णय वैठकले गरेको छ । हेर्नुहोस बिज्ञप्ति

Comments