पाकिस्तानी सेनाको गो८लीबाट एक भारतीय सेनाको निधन भएको छ। ज्यान जानेमा नेपाली मुलका भारतीय लेस नायक सन्दिप थापा रहेका छन्। देहरादून निवासी ३५ वर्षीय थापा १५ वर्षदेखि भारतीय सेनामा आबद्ध रहेका छन्। शनिबार नियन्त्रण रेखामा गोला८बारी गरिरहेको भारतको आरोप छ।


जवाफी फाइ८रिङमा पाकिस्तानको सेनाको राजौरी एक सेक्टर ध्व८ स्त बनाएको भारतले दावी गरेको छ। कश्मिरलाई मोदी सरकारद्वारा धारा ३७० अनुच्छेद हटाएपछि भारत पाकिस्तानबीच द्वन्द्व सुरू भएको हो। सीमा क्षेत्रमा दुवै देशबीच गोला८ बारी भइरहेको छ।

पर्यटनमा युवाशक्ति बढाउँदै नाट्टा

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन क्षेत्रमा दक्ष युवा जनशक्तिको आकर्षण बढाउन विभिन्न प्रोत्साहन तथा प्रवद्र्धनात्मक गतिविधि बढाइएको जनाएको छ ।

संस्थाका अध्यक्ष सिएन पाण्डेले पर्यटनमा बढीभन्दा बढी युवा शक्तिलाई सहभागिता गराउँदै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत सफल बनाउने उद्देश्यका साथ युवापुस्तालाई सक्रिय गराइने बताउनुभयो । नाट्टाको सचिवालयमा आज मिस टुरिज्म–२०१९ का विजेता आरजु पोखरेल, फस्ट रनर अफ युसिका तुलाधर र सेकेन्ड रनर अप सविता न्यौपानेलाई बधाई तथा सम्मान गर्दै अध्यक्ष पाण्डेले पर्यटन सुन्दरीलाई संस्थाको प्रवद्र्धनात्मक गतिविधिमा सक्रिय गराइने उल्लेख गर्नुभयो ।

उनीहरुलाई भ्रमण वर्ष अयिभानअन्तर्गत सङ्घ तथा प्रदेशस्तरीय ‘ब्राण्ड’का रुपमा प्रवद्र्धनमा खटाइने उहाँको भनाइ छ । प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नवीन काफ्लेले नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने र यस क्षेत्रमा युवा तथा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले पर्यटन सुन्दरी छनोट गर्दै आएको जानकारी दिनुभयो । मिस टुरिज्म आरजु पोखरेलले पर्यटन प्रवद्र्धनका गतिविधिमा आफ्नो सक्रियता बढाउने बताउनुभयो ।

Comments