पत्रकार सालिकराम पुडासैनिको मृत्यु प्रकरणका विषयमा निस्पक्ष छानविनको माग गर्दै भरतपुरमा प्रदर्शन भएको छ । स्वतन्त्र युवा समुहको नाममा गरीएको प्रदर्शनमा युवाहरुले पुडासैनीको न्यायका लागी प्रदर्शन गरेका हुन । उनिहरुले आफुहरु कसैको समर्थन वा कसैको विरोधमा नभई पत्रकार पुडासैनिको न्यायका लागी मात्रै भएको बताएका छन । पुडासैनि मृत्यु प्रकरणमा नाम जोडीएपछि पत्रकार रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की पक्राउ परेपछि रविका समर्थकहरुले आन्दोलन चर्काउन थालेका छन ।

आन्दोलनले अनुसन्धान प्रक्रिया प्रभावित नहोस भन्ने उदेश्यका साथ प्रदर्शन गरीएको युवाहरुको भनाई छ । उनिहरुले पत्रकार पुडासैनिबारे निस्पक्ष छानविन गर, सत्यतथ्य सार्वजनिक गर, अपराधलाई राजनितिकरण नगरौँ, पुडासैनिले न्याय पाउनैपर्छ लगायतका प्लेकाडहरु प्रदर्शन गरेका थिए । रविका समर्थक र प्रहरीविच झडप हुनथालेपछि थप अप्रिय घट््ना नघटोस भन्नका लागी युवाहरुले शान्तिपुर्ण कार्यक्रम आयोजना गरेको युवा असोक देवकोटाले बताए । पुडासैनि मृत्यु प्रकरणका आरोपी रवि सहितका ३ जनालाई जिल्ला अदालतले अनुसन्धानका लागी ५ दिनको म्याद थपेको छ ।

Comments