एजेन्सी । भारतको तेलंगना राज्यमा एक प्रधानाध्यापकले १ सय ५० छात्राको कपाल का टिदिएका छन्। एक आदिवासी विद्यालयको होस्टलमा पानीको अभाव भएपछि प्रधानाध्यापकले सयौं छात्राको कपाल का टिदिएको भारतीय संचारमाध्यमले जनाएका छन्।ती प्रधानाध्यापकले छात्राहरुको कपाल का टिदिएपछि विद्यालयमा अभिभावकहरुले प्र दर्शन गरेका थिए।

उनले प्रतिक्रियामा पानीको अभाव भएकाले यस्तो कार्य गर्नुपरेको बताए। प्रधानाध्यापकले आफूले छात्राहरुको सहमतिमै उनीहरुको कपाल का टेको बताएका छन्। प्रहरीले यस विषयमा अनुसन्धन सुरु गरेको छ। यो पनि समाचार बिरालोले हरियो घाँस खान्छ। हामीले पनि देख्दै र सुन्दै आएको कुरा हो यो। तर बिरालोले किन घाँस खान्छ रु यसै विषयमा अमेरिकाका अनुसन्धानकर्ताले अनुसन्धान गरेका छन्। र केही तथ्य पत्ता लगाएका छन्। वैज्ञानिकहरुका अनुसार जतिपटक बिरालोले घाँस खान्छ, उसले त्यतिपटक बान्ता गर्छ।

बान्ता गरेता पनि बिरालोले घाँस भने खान छाड्दैन।युनिभर्सिटी अफ क्यालिफोर्निया स्कुल अफ भेटेरिनारी मेडिसिनको अध्ययन अनुसार बिरालोले उत्पतीदेखि नै घाँस खाँदै आएको देखिन्छ। अध्ययनकर्ताका अनुसार पेटमा जुका परेका बेला बिरालोले जुकालाई हटाउन औषधी स्वरुप हरियो घाँस खाने गर्छ। वर्तमान समयमा बिरालोका लागि औषधीहरु बनेका छन्। तर पनि बिरालोले घाँस खाने बानी भने छाडेको छैन।

अध्ययनमा १ हजार २१ बिरालोलाई समावेश गरिएको थियो। अध्ययनमा बिरालोका मालिकले बिरालोसँग ३ घन्टा विताएका थिए। ३ घन्टाको समयमा ७१ प्रतिशत बिरालोले हरियो घाँस खाएको देखिएको छ। वैज्ञानिकहरुले बिरालोले घाँस खानुको कारण एउटा बानीको रुपमा हेरेका छन्। अर्को बिरालोले जुकाको औषधीको रुपमा घाँस खाने गरेको बताएका छन्। एजेन्सी

Comments