पत्रकार शालिकराम पुडाशैनीले आफुले देह त्याग गर्नु अघि नाम लिएका कारण अहिले चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जना अहिले प्रहरी हिरासतमा छन् । उनले देहत्याग गर्नु अघि त्यसको जिम्मेवार यिनीहरु हुन् भन्दै रवि लगायत तीन जनाको नाम लिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएका छन् । वास्तवमा सो भिडियोमा रहेको विषयबस्तुलाई लिएर मनोविदको धारणा अहिले आएको छ ।

मनोविद् रमा कार्कीले पनि पत्रकार शालिकराम पुडाशैनीको भिडियो आफुले हेरेको बताएकी छन् । कार्कीको समुहले पत्रकारमा हुने मनोवैज्ञानिक समस्याका बारेमा अध्ययन गर्न लागेको छ । उनले रवि र पुडाशैनीको घटनालाई पनि पहिल्यै देखि हेरेको बताएकी छन् । उनले कानुनको कुरा आफुले भन्न नसक्ने भएपनि मनोविदको हिसावले हेर्दा घटनाको पछाडी डिप्रेशन कारण भएको बताएकी छन् । कार्कीले महिलालाई पठाएको म्यासेज अध्ययन गर्दा त्यो भन्न सकिने बताइन् ।

भिडियोले उनमा आत्मविश्वासको कमी भएको देख्न सकिने बताइन् । उनले काम र प्रेमको कारणले आफु डिप्रेशनमा पुगेको कुरा भिडियोमा पनि बताएको र म्यासेजमा पनि सो कुरा उल्लेख भएको बताइन् । शालिकरामले म्यासेजमा आफुलाई कसैले फसाउन खोजिरहेको भनेर उल्लेख गरेका छन् तर आफुलाई कसले फसाउन खोजेको भनेर बताएका छैनन् । उनले भिडियो हेर्दा त्यहाँ अरु कोही ब्यक्ति पनि उपस्थित भएको शँका गर्न सकिने बताइन् । उनले नियन्त्रणमा लिइएकी महिलाको आफुलाई निकै चिन्ता लागेको बताइन् । उनको गोप्यता भंग गरिएको भन्दै त्यो गर्न नमिल्नेब बताइन् । कार्कीले ति युवतीलाई अनुसन्धान गर्दा पनि मनोविद राखेर गर्नुपर्ने बताइन् ।

Comments