काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा दुइथरी प्रदर्शन भएको छ। अनुसन्धानका लागि सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेपछि अवस्था तनावपूर्ण भएको हो। काठमाडौंबाट रविलाई पक्राउ गरेर चितवन लगेलगत्तै उनको समर्थनमा प्रदर्शन भएको थियो। प्रदर्शनले उग्ररुप लिएपछि शुक्रबार साँझ प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भयो। घटनामा एक जना असईसहित सात जना प्रहरी घाइते भएको भएका थिए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियाे। शुक्रबारसम्म एकपक्षिय प्रदर्शन भए पनि शनिबार भने पुडासैनीले न्याय पाउनुपर्नेभन्दै अर्को समूहले समेत प्रदर्शन गरेको थियो।

जिल्ला अदालत चितवनले रविसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो। पुडासैनीले साउन २० गते चितवनमा गरेका थिए। नुवाकोटका पत्रकार पुडासैनीले रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएको थियो। पुडासैनीको प्रकरण संगै माउन्टेन टेलिभिजनमा कार्यरत उनका सहकर्मीहरु पनि मिडियामा आएर उनको बरेमा बोलेका छन् । पुडासैनी एक साहसी पत्रकार हुन् उनले कुनै हालतमा पनि यस्तो काम गर्न सक्दैनन्, उनलाई कसैले यस्तो अवस्थामा ल्याएको हुनु पर्छ भन्दै आक्रोश पोखेका छन् । बाँकि तलको भिडियोमा हेर्नुहोस् :

Comments