काठमाडौं । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरणलाई लिएर चर्चित नायिका करिश्मा मानन्धर विवादमा तानिएकी छन् । उनले केहि दिन अगाडी सामाजिक संजालमा लेखेको एउटा स्टाटसले निकै विवाद बनाएपछि उनि अहिले सामाजिक संजालमा चर्चामा छिन ।  उनले केहि दिन अघि लेखेको त्यो स्टाटसमा रविको समर्थनमा उत्रेका सर्वसाधारणलाइ भेंडाको नाम दिएपछि सर्वसाधारण करिस्मा बिरुद्द खुल्लारुपमा उत्रेका छन् ।

सामाजिक संजालमा उनले भनेकी छन् ‘राज्यले गर्नुपर्ने कामकाज निजितवर बाट हुनु खतरनाक हुन्छ !नत्र किन चाहियो प्रतिनिधि सभा, राज्य समयन्त्र ? उनले अघि भनेकी छन्, येत्रो तिरो तिरी रहेको छौ ।तपाईंहरुले नैतिकता न गुमाएको भये यो समस्या आउने थिएन । अब गंगामा हात धुनेले आँट गरे । भेडाहरु को कोलाहाल !सत्य तितो हुन्छ । उनको यो प्रतिक्रियासंगै उनि फेरी विवादमा तानिएपछि फेरी उनले सर्वसाधारणसंग घुमाउरो सैलिमा माफी मागेकी छन् ।

उनले आज लेखेको स्टाटसमा भनेकी छन् : ‘म पनि जनता ले नै बनाएको मानिस हु , समाज प्रती उतरदाइत्व महसुस गर्ने मानिस हु ।तेसैले जब केही चित्तबुझ्दो नलागेमा सामाजिक संजाल मा केही लेख्ने गर्छु ।’उनले थप अघि लेख्दै भनेकी छन् : ‘अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरेको थिये त्यसामा जनतालाई भेडा भनेको होइन , भेडो सोझो हुन्छ , खराव होइन ! त्यो भेडो पनलाई इन्कित गरेको हु ।नेपाल को जनसंख्या २६४९४५०४ सबै मेरा प्यारा र आदरणीय हुनुहुन्छ , वाहाहरु को मायाले आज यो कलाकार करिश्मा मानन्धर छ ।’
उनले लेख्दै भनेकी छन् : ‘तर के चाहिँ हो भने कतिपय आवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउछ , कतिपय कुरामा राज्यको कामकारबाही असहज हुन्छ , हामी एउटा कानुनी राज्यमा बस्छौ कि त यो देशको कानुन नमान्न पर्यो कि राज्यलाई सहयोग पुराउनु पर्यो ! राज्यको कामकारबाही सहि नभएमा अवस्य पनि आपत्ति उठाउनु पर्छ । सहि तरिकाले काम गर्नु शान्ति सुरक्षा कायम गर्नु राज्यको दाइत्व हो ।’

थप अगाडी आफ्नो प्रतिक्रिया दिदै भनेकी छन् : ‘ फेरि यो मैले अहिले भैरहेको केस बारे भनेकै होइन यो हरेक केस मा हो । राज्यले सहि तरिकाले कामकामकारबाही गर्न असमर्थ भयेका कारण अराजकता फैलियो भनेको हु ।अन्त्यमा मेरो शब्दले मेरो शब्द अफुलाइ भनेको हो भनेर रिसाउनु भएको छ भने माफ गरिदिनु होला ।त्यो कुनै व्यक्तिलाई भनेको होइन प्रबिर्तीलाई भनेको हु जसबाट हामी सबै बच्नु पर्छ । ‘अब हेर्नुहोस उनको स्टाटस जस्ताको तस्तै :

 

Comments