काठमाडौँ, ३१ साउन। भाई रवि लामिछानेलाई प्रहरीले प क्राउ गरेपछि उनको परिवारका सदस्य पनि चिन्तित भएका छन् । पत्रकार शालिकराम पुडाशैनीको घ टनामा अनुसन्धान गर्न भन्दै प्रहरीले न्यूज २४ को पपुलर कार्यक्रम ‘जनतासंग सीधा कुरा’का प्रस्तोता रवि लामिछानेलाई विहिवार प क्राउ गरेको छ । लामिछानेसंगै अन्य दुई जना पनि प क्राउ परेका छन् । प्रहरी टोलीले न्यूज २४ को टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प क्राउ गरेर चितवन पुर्याइसेको छ । उनलाई शुक्रवार प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा उनले लामिछाने, अस्मिता कार्की र युवराज कँडेलको नाम लिएका थिए । पुडासैनीले आफूलाई लामिछाने र कँडेललगायतले मानसिक तनाव दिएको बताएका छन् । एक नर्स सहित दुई जना पत्रकारलाई पत्रकारलाई प्रहरीले प क्राउ गरेको छ ।

पत्रकार रवि लामिछानेका दाजु तथा पत्रकार हरिशरण लामिछानेले आफ्ना भाइ प क्राउ परेको घटना प्रति दुख ब्यक्त गरेका छन् । उनले सो घटनालाई इकित गर्दै सामाजिक सञ्जालमा प्रतिकृया दिएका छन् । विहिवार साँझ उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेखे, सत्य यही हो भन्न त गाह्रो छ तर सत्यको नजिकसम्म भने अवश्य पुग्न सकिन्छ । त्यसैले त, सत्यको जित नभए पनि आखिरमा सत्य मर्दै न भन्छन् । सत्य तथ्य सबिस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौ।

Comments