काठमाडौं, ३१ साउन । रवि लामिछानेको समर्थकले विहानै देखि प्रहरी कार्यालय घे रेका कारण रवि लामिछानेलाई अदालतमा उपस्थित गराउन प्रहरीलाई हम्मे-हम्मे पर्यो । भि ड थेग्न नसक्ने देखेर प्रहरीले पछाडीको ढोकावाट उनीहरुलाई अदालतमा उपस्थित गराउन लगेको छ । प्रहरीले केही दिन अघि पत्रकार शालिकराम पुडासैनीको घ टनामा संलग्न रहेको आशंका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल, र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले विहानै देखि प्र दर्शन गरेपछि प्रहरीले उनीहरुलाई छल्न पछाडीको गेटबाट अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरु तीनै जनालाई पछाडीको गेटबाट अदालत लगिएको जनाएको छ। लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट प क्राउ परेका हुन् भने कार्की कलंकीबाट प८क्राउ परेकी हुन् । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट प८क्राउ गरेर चितवन लगिएको थियो ।

प्रहरी स्रोतका अनुसार लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सीधा कुरा जनतासँग’ मा अनुसन्धान प्रभावित हुने गरी विषयवस्तु तयार भएको सूचना पाएपछि प८क्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको घटनावारे थप अनुसन्धान हुने बताइएको छ ।

Comments