चितवन, ३१ साउन । विहिवार काठमाडौंमा प क्राउ गरेर रातारात चितवन पुर्याइएका रवि लामिछाने लगायतलाई आज नै अदालतमा प्रस्तुत गरिने भएको छ । चितवन प्रहरीले आ त्मह त्या प्रकारणमा प क्राउ गरिएको चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालतमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

रविलाई प क्राउ गरेर चितवन पुर्याइएको खबर संगै उनका समर्थक विहानै चितवन प्रहरी कार्यालय घेरा  उ गर्न पुगेका छन् । प्रहरी कार्यालय घेरा उ गर्दै ना रावाजी गरेका समर्थकले रिहाईको माग गरेका छन् । आ त्मह त्या दुरुत्साहन गरेको आरोपमा लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल यसअघि न्युज ट्वान्टी फोको काठमाडौको पानीपोखरीस्थित कार्यालयबाट विहिवार साँझ नि यन्त्रणमा लिएको थियो ।त्यसैगरी कलंकीबाट प क्राउ गरिएकी भएकी रितु कार्की समेतलाई बिहीबार अबेर चितवन पुर्याएको थियो ।

प्रहरीले साउन २१ मा चितवनमा आ त्मह त्या गरेको अवस्थामा भेटिएको पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेकोको भिडियोको आधारमा उनीहरुलाई निय न्त्रणमा लिएको हो । पुडाशैनीले लामिछाने, कँडेल र कार्कीको नाम लिँदै उनीहरुकै कारण आफु आ त्मह त्या गर्न बाध्य भएको उल्लेख गरेका छन् ।प्रस्तोता लामिछानेले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।

प्रहरीले लामिछानेलाई अदालतमा उपस्थितको लागि लैजाने खबर बाहिरिएपछि उनका समर्थक सडकका विभिन्न स्थानमा बसेका छन् । रविका समर्थकले चौविककोटी सडक अवरुद्ध समेत गर्न खोजेका थिए । प्रहरीले सडक अबरुद्ध गर्न खोज्ने पाँच जनालाई निय न्त्रणमा लिएको छ । तर उनीहरुको नाम भने बाहिरीएको छैन ।

Comments