सुर्खेत – कर्णाली प्रदेश सरकारका ‘विवादित’ मन्त्री खड्कबहादुर खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुृर शाहीले बर्खास्त गरेका छन्। बैंकिङ कसुरमा उच्च अदालत पाटनले तीन दिनभित्र हाजिर हुन आदेश दिएका भौतिक पूर्वाधार मन्त्री खत्रीले नैतिकताका आधारमा राजिनामा नदिएपछि मुख्यमन्त्री शाहीले बिहीबार राति बर्खास्त गरेका हुन्।

बैंकिङ कसुरमा उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर अदालतमा हाजिर गराउन आदेश दिएलगत्तै मुख्यमन्त्री शाही, नेकपाको संसदीय दलको कार्यालय र उनी निकटका नेताहरुले खत्रीलाई नैतिकताका आधारमा राजिनामा दिन सुझाएका थिए। ‘उहाँ (खत्री)ले राजिनामा नदिने बताएपछि मुख्यमन्त्री शाहीले वर्खास्त गर्ने निर्णय गर्नु भएको हो,’ स्रोतले भन्यो, ‘अर्को निर्णय नभएसम्मका लागि भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्रीलेनै सम्हाल्नु हुनेछ।’ नागरिक न्युजमा खबर छ ।

Comments