काठमाडौं । इटहरी वैदेशिक रोजगारीका क्रममा कतारमा श्रीमान्‌ ललित बहादुर लिम्बुको मृ८त्यु भएको खबर सुनेपछि मोरङको सुन्दरहरैचा ५ की टिकाकुमारी लिम्बुले आफूलाई सम्हाल्न नसकेर मृ८त्यु रोजिन्।आइतबार साँझ आ८त्मह८त्या गर्नुअघि टिकाकुमारीले ‘सु८साइ८ड नोट’मा लेखिन् ‘हामी बुढाबुढीसँगै बाँच्न नसके पनि सँगै म८र्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो लासलाई सँगै राखिदिनु।’ उनका पति ललित भोलिपल्ट नेपाल आउने तरखरमा थिए । तर साथीसंग समुन्द्रमा रमाइलो गर्न गएका उनी संधैका लागि अस्ताए । सामुद्रिक छालले ललितलाई लपेटेर लग्यो। बिदाको रमाइलो मनाउन सँगै गएका साथीले हेर्दा हेर्दै उनले संसार छोडे ।

श्रीमान घर आउने खबरको खुसी मनाउन नपाउँदै श्रीमती टिकाकुमारीले नचिताएको खबर सुन्नु पर्यो । उनी श्रीमानको मृ८ त्युको खबरले बेहोस भइन्। करीब २ घन्टापछि उनी होसमा आएकी थिइन्। ११ वर्षअगाडि कामदारकै रुपमा टिकाकुमारी कतारमा थिइन्। त्यहीबेला उनीहरुको चिनजान हुँदै सम्बन्ध विवाहमा परिणत भएको थियो । दुई वर्षअघि मात्रै टिकालाई ललितले घर भित्र्याएका थिए। टिकालाई घर भित्र्याए पनि ललितसँग उनको औपचारिक विवाह भने भएको थिएन। दसैंमा ललित घर आउने र विवाह गर्ने योजनामा थिए दुवै जना।

श्रीमानको मृ८त्युको खबरले विह्वल बनेकी टिकाले पनि यो संसार छोडिन् । त्यो भन्दा अघि उनले सुसाइड नोट लेखेकी रहिछन्। बाथरुममा नुहाउन छिरेकी उनले भेन्टिलेसनको रडमा सलको पा८सो लगाइन्।अझै पनि टिकाको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ। सु८साइ८ड नोटमा ‘हाम्रो ला८स सँगै राख्नु’ भनिएको कारण ललितको श८व नआउन्जेल टिकाको श८व पनि सोही अस्पतालमै राखिने भएको छ। दूतावासमार्फत सम्पर्क भइरहेकोले आगामी आइताबारसम्म ललितको शव नेपाल आउने पारिवारिक स्रोतले जानकारी दिएको छ। अहिले ललितको श*वको पर्खाइमा छ उनको परिवार। साथमा टिकाको श८व पनि।

यस्तो छ टिकाले संसार छोड्नु भन्दा अघि लेखेको नोटस्

बाबु विपीन आइएमईमा १ लाख ५० हजार रुपैयाँ छ, निकाल्नु। ५० हजारको रसिद छ लगेर जानु। मेरो नागरिकता पनि लानु।,आमा, बाबा, दिदी, बहिनीको राम्रोसँग केयर गर्नु। हाम्रा सबै सपनाहरु अधुरा भए। धरानको घर पूरा गरेर बस्न सकेनौं।

पठाउने( इन्दिरा जोशी, कतारपाउने( टिका कुमारी लिम्बु/ १,००,००० छ।पचास हजार ललितले पठाको हो।नागरिकतामा रसिद छ लगेर जानु बाबु। म आफूले आफैंलाई सम्झाउन नसकेर हो। कसैको दोष छैन। हामी बुढाबुढी सँगै बाच्न नसके पनि सँगै म७र्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो ला७सलाई सँगै राखिदिनु। पैसा सुटकेसमा छ हेर्नु ल।धरानको घर ललितको ठूलो सपना हो। बाबा, ममीलाई राखिदिनु।

Comments