प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ । विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत निर्देशन दिनुभयो ।

विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङलगायत हवाई सुरक्षासँग सम्बन्धित प्रहरीको कामकारवाहीको उहाँले निरीक्षण गर्नुभएको थियो । उहाँले विमानस्थलका अधिकारीहरुसँग भेटघाट गरी सुरक्षालाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्नुभयो ।

बिहीबार दिउँसो एक्कासी विमानस्थल पुगेका आइजीपी खनालले विमानस्थलको सुरक्षाका बारेमा जानकारी लिनु भएको हो ।दिनदिनै विमानस्थलबाट स्वदेशी तथा विदेशी नागरिकले सुन तथा अवैध सामान तस्करीको समाचार आइरहेका बेला सोबारे बुझ्न आइजीपी खनालले अकस्मात विमानस्थलको निरीक्षण गर्नु भएको हो ।अनुगमनको क्रममा आइजीपी खनालले विमानस्थलमा सुरक्षा व्यवस्था सुदृढ र सुव्यवस्थित गर्न निर्देशन दिनु भयो । उहाले चेकजाँचको क्रममा निर्दोष नागरिकलाई दुख नदिन पनि आग्रह गर्नु भयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीलाई लगनशील, निष्पक्ष र निस्वार्थ भई बहन गर्न निर्देशन दिनुभयो ।सो क्रममा प्रहरी महानिरीक्षक खनालले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङ लगायतका हवाई सुरक्षासँग सम्बन्धित प्रहरीले गरिरहेका काम कारबाही अवलोकन गर्नुभयो । साथै कार्यालयमा प्रयोग भइरहेका सुरक्षा उपकरण र साधन स्रोतबारे उहाँले जानकारी समेत लिनुभयो ।

 

साथै प्रहरी महानिरीक्षक खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग भेटघाट गरी विमानस्थलमा सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि सुधार गर्नुपर्ने पक्षका बारेमा छलफल समेत गर्नुभयो ।उक्त अवसरमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्यप्रसाद उपाध्याय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री समेतको उपस्थिति रहेको थियो ।

 

Comments