पत्रकार शालिकराम पुडासैनीले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भए पछि पीडित परिवारका सदस्यले किटानी जाहेरी दिए भिडियोमा उल्लेख भएका ब्यक्तिलाई प८क्राउ गर्ने प्रहरीले जनाएको छ । पुडाशैनीले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने , दीपक बोहोरा लगायतका ब्यक्तिले आफुलाई म८र्न बाध्य पारेको बताएका छन् । उनले भिडियोमा लिएका नामका बारेमा पुडाशैनीको परिवारले किटानी जाहेरी दिए प८क्राउ गर्ने चितवन प्रहरीले जनाएको छ ।

पुडाशैनीले रवि संगै युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् । उनीहरुकै कारण आफू आ८त्मह८त्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् । यो भिडियोसँगै पुडासैनी आ८त्मह८त्याले गम्भीर मोड लिएको छ । प्रहरीले पुडासैनीलाई आ८त्मह८त्या गर्न बाध्य पार्नेलाई कारबाही हुने बताएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले परिवारका सदस्यको किटानी जाहेरी भने आइनसकेको बताए । उक्त भिडियोमा रबि लामिछानेको कारण मैले आ*त्मह*त्या गरेको भन्ने कुरा सालिकरामले आफ्नो मोबाइलमा रेकर्ड गरेको देखिएको छ । यो भिडियोलाइ आधार मानेर रमेश प्रसाईले आफना कुराहरु राख्नुभएको छ ।

Comments