काठमाडौँ, २९ साउन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियो सार्वजनिक भएको छ । नेपाल आज अनलाईन टेलिभिजनले उनको त्यो गोप्य भिडियो आफुलाई प्राप्त भएको जनाउँदै सार्वजनिक गरेको छ । भिडियोमा रविले टेलिभिजन कार्यक्रमको आडमा त८स्करहरुसंग मिलेर करोडौं रकम लिने गरेको बताएका छन् ।

उनले रुँदै आफुलाई न्युज २४ टेलिभिजनका रवि र युवराज कँडेलले आफुलाई फसाएको बताएका छन् । महिनाको लाखौं कमाउने ब्यवसाय जबरजस्ती छोड्न लगाएर आफुलाई टेलिभिजनमा काम गर्न लगाएको र त८नाव दिएको उनको भनाई छ । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै रवि लगायतले आफु माथि गरेका यात८नाका बारेमा बताएका छन् ।

उक्त भिडियोमा आफूलाई आ८त्मह८त्याका लागि न्युज ट्वान्टीफोरका युवराज कँडेल, रवि लामिछाने र एक युवतीले बाध्य बनाएको खुलाइएको छ । यस्तै, पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे समेत भिडियोमा उल्लेख छ । उनले रविको वास्तविकता खुल्न केही वर्ष लाग्ने भन्दै उनलाई आँशुले पोल्ने बताएका छन् ।

यो सबै विषय आफूलाई थाहा भएकाले लामिछानेले पटक–पटक मानसिक तथा शारीरिक या८तना दिने गरेको पुडासैनीले बताएका छन् । लामिछानेको या८तना सहन नसकेर आफू आ८त्मह८त्या गर्न बाध्य भएको भिडियोमा उल्लेख छ । सिधा कुरा जनतासँग कार्यक्रम युनिटले के कसरी पैसा असुल्छ रु रवि लामिछानेको सक्कली रुप के हो भन्नेबारे बिस्तारै खुल्दै जाने उनले बताएका छन् । विदेशमा गएर केही ब्यक्तिलाई उद्दार गरेका कारण उनका समर्थक धेरै भएको र त्यसको आडमा उनले तस्क८रहरुसंग पैसा असुल्ने गरेको बताएका छन् । रवि आफैले नभएर पैसा असुल्ने एजेन्ट राखेको उनको भिडियोमा उल्लेख छ ।

उक्त एक्स्क्लुसिभ भिडियो प्रहरी वा अन्य निकायलाई अनुसन्धानका लागि उपलब्ध गराउन तयार रहेको भन्दै नेपाल आजले भिडियो सार्वजनिक गरेको छ । केही व्यक्तिगत कुरासमेत भिडियोमा भएकाले केही भाग गोप्य राखिएको उल्ल्ख छ ।नेपाल आजलाई प्राप्त एक्स्क्लुसिभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Comments