काठमाडौं, २९ साउन । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।

सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो । उनीहरुले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको ठहर भएको छ ।

यो पनि पढ्नुहोस् स्कूल विभागमा दुई अध्यक्षवीच कुराकानी नमिल्दा आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालवीच बुधबार दिउसो छलफल हुँदा कुरा नमिलेपछि बुधबारको बैठक विहिबारका लागि सारिएको वालुवाटार निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार छलफलका क्रममा स्कूल विभागमा पूर्व माओवादीहरु लचिलो भएपनि पूर्व एमालकैबीचमा विवाद उत्पन्न भएको छ । छलफल पछि बुधबार बस्ने भनेको सचिवालय बैठक बिहिबारका लागि सारिएको छ । यसैगरी आज नै पूर्व एमालेका नेताहरुबीचमा फेरी छलफल हुने भएको छ । नेकपामा ३३ विभाग ९नीति प्रतिष्ठान सहित० छन् । यस्तै २२ जनवर्गीय संगठनको इन्चार्ज पनि तोकिने छन् ।

जनवर्गीय संगठनका इन्चार्जमा पूर्व एमाले र पूर्व माओवादीबीच भागबन्डा भएको छ । यस्तै पूर्व एमालेको भागमा १८ ९नीति प्रतिष्ठान सहित० र पूर्व माओवादीको भागमा १४ विभागको नेतृत्व गर्ने सहमति यसअघिनै भैसकेको छ । तर, स्कूल विभाग कस्को भागमा भन्नेबारे विवाद कायमै छ । १८ विभागको नेतृत्वबारे पूर्व एमालेका नेताबीचमा यसअघिनै करिव करिव सहमति भैसकेको छ ।

यस्तै नेकपामा स्कूल विभागबारे पनि विवाद कायमै छ । स्कूल विभाग कसले लिने भन्नेबारेमा अध्यक्षद्वयबीचमा समेत विवाद भएको छ । प्रधानमन्त्री ओली स्कूल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने प्रचण्ड नारायणकाजी श्रेष्ठको हकमा कुरा मिल्न नसके अध्यक्षद्वय मातहतमा राख्नुपर्ने अडानमा छन् ।

Comments