हामिले विभिन्न चलचित्रमा एलियनको कल्पना गरेको देखेका छौं । पृथ्वी भन्दा बाहिरको संसारमा एलियन बस्छन् भन्ने परिकल्पना गरिएको हुन्छ । दृष्यमा देखाउँदा ति एलियनको जस्तो रुप देखाइन्छ दागंमा त्यस्तै रुप भएकी एक बालिका देखिएकी छन् । उनको रुप मात्र ति चलचित्रमा देखाइने एलियन जस्तो छैन उनले गर्ने ब्यवहार पनि एलियनको जस्तै छ । उनले असाधारण काम गरेको भिडियोमा देख्न सकिन्छ । भैसी माथि आरामले बस्छिन् ।

उनले गाउँका मानिसले मारेर फालेको सर्प सबै खाएर सकिन् तर पनि उनलाई केही नभएको आमाले बताएकी छन् । सुरुमा छोरी जन्मँदा गाउँलेहरुले यस्तो छोरी जन्माई भनेर आफुलाई अपहेलना गरेको उनले बताइन् । अहिले उनले गरेका कृयाकलाप भिडियोमा भाइरल भएका छन् । आमाले बताए अनुसार उनको घरमा पानीको श्रोत धारा छैन । पानी लिन टाढा जानुपर्छ । एक दिन आमा पानी लिन टाढा गएको बेलामा ति बालिका एक्लै घरमा थिइन् ।

उनी एक्लै भएको बेलामा घर बाहिर एउटा सर्प आएछ । तर ति बालिकाले त्यो सर्पलाई समातेर घर भित्र लगिन् । सर्प उनको शरिरमा बेरियो, सर्पको मुख उनको छातीमा थियो । तर सर्पले उनलाई केही गरेन । घरमा आफु नभएको बेलामा ति बालिकाले भैसीको गोबर समेत खाने गरेको बताइन् । त्यसरी सर्प, भैसीको गोबर समेत खाँदा पनि उनलाई केही हुँदैन । जन्मदा नै उनी पांच किलोको जन्मेकी थिइन् । १० वर्षकी ती बालिकाको नाम भगवती वली हो । उनी दागं तुल्सीपुरकी हुन् ।

Comments