काठमाडौँ – सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको छ ।साताको पहिलो र दोस्रो दिन छापावाला सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

मूल्य बढ्नुका कारण यस्ता छन्ः -चीन–अमेरिका व्यापार युद्ध -अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज -कमजोर सेयर बजार -जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता -अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध -जम्मु–कश्मीर विवाद । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

Comments