तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँ*टी रे८ टेर ह८ त्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको ह८ त्या गरेको हो ।शाहीको श*व बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बे*पत्ता भएका थिए । शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृ*तक शाहीको घाँ८ टीमा धारिलो हति८ यारको चो*ट छ ।

सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको श*व देखेपछि प्रहरीमा खबर गरेका थिए । श*व परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घ*टनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घ*टनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको ह*त्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

‘घ*टनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौं’, प्रहरी उपरीक्षक सिलवालले भने, ‘शंका लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।’ संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए ।

शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिंड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको ह*त्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । ‘चार–पाँच तोला सुन र रु ४०–५० हजार उहाँसँग सधैं हुन्थ्यो’, एक स्थानीयवासीले भने, ‘त्यही प्रलोभनका कारण उनको ह*त्या भएको हुनसक्छ ।’

विद्यालयका कर्मचारी मृ*त फेला

यता गोरखाको गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृ*तावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको श*व स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिए ।

हरेक दिन विद्यालयको काम सकेर साँझ घर फर्कने गरेका घिमिरे हिजो घर नफर्किएपछि परिवारले खोजी गरेको थियो । अध्यक्ष रेग्मीले भने, ‘विद्यालयमा सोधीखोजी गर्दा बेलुकी खाना खाएर घर गएको भन्ने जानकारी पाएपछि घर जाने बाटो हुँदै खोज्दै जाँदा सडकमा चप्पल र उनले बोकेको प्लाष्टिकको झोला देखेपछि प्रहरीलाई खबर गर्‍याैं, प्रहरी आएर जङ्गलतर्फ खोजी गर्दा सडकदेखि करीब १०० मिटर तल मृ*तावस्थामा श*व फेला पर्‍यो ।’

घिमिरेले बोकेको प्लाष्टिकको झोला, झोलामा रहेका टर्चलाइटलगायतका सामान र एउटा चप्पल भने सडकको किनारामा भेटिएको र मृ*तकको श*व भने झाँडीमा फेला परेको हो । घट*नास्थलमा पुगेर मृ*तकको श*वको मुचुल्का गरी परीक्षणको तयारी भइरहको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

मृ*तक घिमिरेको टाउको र घुँ*डामा गम्भीर चोट भेटिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । ‘ह*त्या हो, होइन भन्नेबारेमा अहिले नै केही पुष्टि भइसकेको छैन’, उनले भने, ‘घ*टनामा बारेमा थप अनुसन्धान भएपछि मात्र केही भन्न सकिन्छ ।’ मृ*तक घिमिरे उक्त विद्यालयमा कार्यालय सहायकको रुपमा १८ वर्षदेखि काम गर्दै आएका थिए ।

Comments