अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया म*रेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया म*रेका हुन् । दुई दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीयवासी डम्बर साउँदका दुई भैँसी, दुई गोरु, एक गाई र तीन वटा बाख्रा म*रेका हुन् । केही दिनअघि बिरामी भएका पशु चौपायाहरुको गोबर परशुराम नगरपालिका पशु सेवा शाखाको ल्याबमा जाँच गराइएको र जुकाका साथै छालासम्बन्धी समस्या देखिएको स्थानीयवासी हरेन्द्र साउँदले बताउनुभयो । गत वर्ष जिल्लाका अन्य भेगमा पनि पशुहरुमा अ*ज्ञात रोगको स*ङ्क्रमण देखापरेको थियो ।

मरेका पशु चौपाया यही रोगका कारण म*रेका हुन् या अन्य कारणले भन्नेबारे अहिलै थाहा भई नसकेको परशुराम नगरपालिका पशु सेवा शाखाले जनाएको छ । केही दिन अगाडि पशु चौपाया बिरामी भएको भन्ने खबर आएलगत्तै पशु चौपायालाई छालासम्बन्धी रोगविरुद्धको आवश्यक खोप दिइएको शाखा प्रमुख पशु अधिकृत रतन भण्डारीले बताउनुभयो ।
साउनदेखि असोजसम्म देखापर्ने छालासम्बन्धी रोग (ड्रमाटाइटिस) बाट स*ङ्क्रमित भएका जनावरलाई खोप दिने गरिन्छ । यो रोग लागेपछि पशु चौपायाले खाना नखाने, ज्वरो आउने, तुहिने, छाला चिलाउने, दूध सुक्ने र बिनालक्षण पनि म*र्न सक्ने पशु अधिकृत भण्डारीको भनाइ छ ।

Comments