एजेन्सी । भारतीय सैनिक फौजसँगै कश्मीर पुगेका भारतीय क्रिकेट टीम कप्तान महेन्द्र सिंह धोनीबारे धेरैको चासो बढेको छ । हालै उनी सैनिकहरुसँग भलिबल खेलिरहेको एउटा भिडियो भाइरल नै बनेको छ । भारत सरकारले पर्यटक र तिर्थालुहरुलाई तत्काल कश्मीर छाड्न निर्देशन दिएको केही घण्टामै धोनीको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको हो ।

धोनी कश्मीरमा सैनिकहरुसँग परेड खेल्ने, गस्ती गर्ने जस्ता काममा संलग्न हुने भनिएको थियो । यससँगै भारतीय पक्षबाट सामाजिक सञ्जालमा धोनीको उक्त भिडियोमाथि मिश्रित किसिमका टिप्पणी आएका छन् । सीमा सुरक्षा गर्न गएका धोनी खेलेर बसेको भन्दै नकारात्मक टिप्पणी पनि उनले झेल्नुपरेको छ । मानार्थ कर्नेल समेत रहेका धोनी गत हप्ता नै कश्मीर क्षेत्रमा पुगेका हुन् । सैन्य तालिमको शिलशिलामा कश्मीर क्षेत्र पनि एक भएकाले धोनी यहाँ पुगेका हुन् ।

अस्ट्रेलियाका ब्याट्सम्यान म्याथ्यू हेडनले भारतीय विकेटकिपर व्याटसम्यान एवं चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनी एक क्रिकेट खेलाडी मात्र नभएर क्रिकेटको एउटा सिङ्गो युग भएको बताएका छन्। धोनीको कप्तानीमा चेन्नई सुपरकिङ्ग्स ८ औं पटक आईपिएलको फाइनलमा पुग्यो। आईतबार भएको खेल उसले मुम्बई इण्डियन्ससँग १ रनले गुमायो। चौथोपटक उसको उपाधि जित्ने सपना यसपटक पूरा हुन सकेन। ‘धोनी केवल खेलाडी मात्र होइनन्, क्रिकेटको एक युग हुन्। थुप्रै प्रकारले मलाई धोनी गली क्रिकेट टिमका कप्तान लाग्छन्। उनी हामीमध्येकै एक हुन जो टोलीका लागि सबै कुरा गर्छन्’ हेडनले भने।

Comments