काठमाडौं । भारतको बिहारस्थित नलान्दामा एक गरिब परिवारको दर्दनाक अवस्था बाहिर आएको छ । एक महिलाले औषधोपचारका लागि आफ्ना दुई अवोध बालकलाई बेच्न लागेको रहस्य बाहिरिएको हो । टिबीबाट ग्रसित महिलालाई हाल अस्पताल भर्ना गराइएको छ । महिला बिरामी भएपछि उनका श्रीमानले छाडेर भागेका थिए ।

आफूलाई कहीँकतैबाट पनि मदत नमिलेको ती महिलाले बताएकी छन् । अन्तिममा आएर बच्चा बेच्नु बाहेकको विकल्प नरहेको समेत महिलाको भनाइ छ । प्रहरीले बच्चा बेच्न लागेको जानकारी पाएपछि ती महिलालाई सम्झाएर अस्पताल पुर्याएको थियो ।

भारतमा चरम गरिबीको रेखामुनि रहेका सर्वसाधारणहरुले आत्महत्या गर्ने, बच्चा बेच्ने, चोरी गर्ने लगायतका घटना बढ्दै गइरहेका छन् । बढ्दो जनसंख्याले त्यहाँको गरिबीलाई बढावा दिएको छ ।

Comments