एजेन्सी । दिल्ली इन्टरनेशनल एयरपोर्टमा हिजो (सोमबार) आएको एक फोन कलले दिल्ली पुलिसलाई समस्यामा पार्यो । टर्मिनल–२ मा एक व्यक्तिले बेलुकी ८ बजेर ४९ मा दिल्ली पुलिसलाई एयरपोर्टलाई बचाउन सके बचाउ भन्ने धम्कीयुक्त फोन आयो । करिब एक घन्टा १० मिनेट एयरपोर्ट प्रभावित रह्यो । फोन राखेलगत्तै अनुसन्धान शुरु भयो । फोन गर्ने व्यक्तिको पहिचान गरियो ।

पक्राउ परेका व्यक्तिले फोन गरेको अस्विकार गरे । पुलिस अनुसन्धानमा जुटेको छ र एयरपोर्टमा छानबीन भइरहेको छ । अबेर राती घटनाको पुष्टि गर्दै आइजीआई हवाईअड्डाका पुलिस उपायुक्त संजय भाटियाले भने, ‘राती करिब साढे आठ बजे हवाई अड्डाको टर्मिनल–२ मा बम राखेको सूचना दिल्ली पुलिस कन्ट्रोल रुमले पायो ।

सूचना दिने व्यक्तिले इन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाईअड्डाको टर्मिनल–२ मा बम राखिएको बताए । उनले बमलाई बिस्फोट हुनबाट रोकेर देखाउ भनेर चेतावनी पनि दिए ।’ सूचनापछि गुप्चर र सुरक्षा एजेन्सीमा खलबली मच्चियो । निकै हतारमा बीटीएसी (बम थ्रेट असिस्मेन्ट कमेटी) भनिएको स्थानमा पुग्यो । तर जताततै खोजेपनि केही शंकास्पद वस्तु भेटिएन ।

Comments