काठमाडौ, पछिल्लो समय सामाजिक सन्जाल फेसबुक , युटुब लगायतमा निकै नै भाइरल बनेको बिषय हो नायिका शिल्पा पोखरेल र छवि ओझा बिच भएको घर झगडा, जहाँ केही समय अघि नायिका शिल्पा पोखरेलले छवि सङ्ग आफू असुरक्षित भएको भनी टेकु स्थित महानगरीय प्रहरी प्रभागमा मुद्दा दर्ता गराए पश्चात्छ यो बिषयमा मिडियामा निकै स्थान पायो। जसले गर्दा छवि ओझाको इज्जत माथि नै धब्बा लाग्यो । छवि र शिल्पा बिचको बिबाद अझै सुल्झिन सकेको छैन उनी हरु बिच झगडा भै रहदा छवि ओझाकी पुर्ब पत्निले पनि छवि र शिल्पा माथी बहुबिबाहको मुद्दा दर्ता गराएका थिए। सोही मुद्दा उपर उनि हरु दुबै लाई यतिखेर उच्च अदालतले समेत पक्राउ गर्न आदेश दिई सकेको छ।मुलुकी अपराध संहिता–०७४ को विवाहसम्बन्धी महलको धारा १७५ ले बहुविवाहलाई बन्देज लगाएको छ । धारा १७५ को उपधार १ र २ मा वैवाहिक सम्बन्ध कायम भएको अवस्थामा कुनै पनि पुरुषले अर्को विवाह गर्न पाउँदैन । विवाहित भएको जान्दाजान्दै महिलाले पनि पुरुषसँग विवाह गर्न पाउँदिनन् । कसैले उपधार १ र २ उलंघन गरेको प्रमाणित भए विवाह गर्ने र गराउने दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्मकौ कैद सजाय र दश हजार रुपैयाँ जरिवाना हुनेछ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले छवि र सिल्पालाई प्रहरीले खोजी गरिरहेको बताए । उनले भने, ‘उनीहरूविरुद्ध बहुविवाहको मुद्दा दर्ता भयो । मुद्दा दर्ता हुनु भनेको अनुसन्धानको बाटो खुल्नु हो । यस क्रममा दुवैलाई पक्राउ गर्नुपर्ने हुन्छ । अदालतले पक्राउका लागि अनुमति दिइसकेको छ । हामीले दुवैलाई खोजी गरिरहेका छौँ । तर, पक्राउ गर्न भने सकिएको छैन ।’नेपाली चलचित्रकी तत्कालीन नायिका गिताञ्जली सुनुवारसँग सम्बन्ध झाँगिएपछि हेमा छविबाट टढिएकी थिइन् । सुनसरी धरान–१ मा एक्लै बस्दै आएकी ५३ वर्षीया हेमाले वैवाहिक जीवनको ३५ वर्षपछि मात्रै छविविरुद्ध बहुविवाहको मुद्दा हालेकी हुन् । गीताञ्जलीले आत्महत्या गरेपछि छवि रेखा थापासँग नजिकिए । १२ वर्षसम्म लिभिङ इन रिलेसनसिपमा रहेका छवि र रेखाको सम्बन्ध टुंगिसकेको छ ।त्यसै बिषयमा आफुलाइ निकै पीडा दिएको भन्दै छवि ओझाकी पुर्ब पत्नी हेमा ओझा पहिलो पटक मिडियामा आएर छवि र शिल्पाको बारेमा बोलेकी छिन।

Comments