एजेन्सी । बलिउडमा निकै चर्चामा आइरहने चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । धेरैजसो सामाजिक सञ्जालमा आफ्ना बोल्ड फोटोसुटका कारण चर्चामा आइरहने प्रियंका पछिल्लो समय पनि इन्स्टाग्राममा शेयर गरेको तस्बिरबाटै चर्चामा आइरहेकी छिन् । पति निकसँग घुमघाममा खिचेका उनका धेरै तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

बलिउडदेखि हलिउडसम्म छलांग मारेकी प्रियंका सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन् । इन्स्टाग्राममा उनका धेरै नै फलोअर्स छन् । अहिले उनले सामाजिक सञ्जालमार्फत पनि राम्रो कमाइ गरिरहेकी छिन् । उनले इन्स्टाग्राम पोस्टबाट मात्रै करोडौं कमाउँछिन् ।इन्स्टाग्राम बाट नै राम्रो कमाउने बलिउडमा उनी एक्ली नायिका हुन् । कमाइको आधारमा उनी सेलेब्रिटी सबसेक्सनमा १६औं स्थानमा छिन् ।

चार करोड ३० लाख फलोअर्स भएकी प्रियंकाले एक पोस्ट सेयर गरेबापत भारु एक करोड ८६ लाख लिने गर्छिन् ।लामो समयपछि प्रियंका सोनाली बोसको फिल्म ‘द स्काई इज पिंक’ मार्फत बलिउड फर्किँएकी हुन् । ‘म बिगत तीन वर्षदेखी बलिउड फिल्म मिस गरिरहेको थिँए ।’ प्रियंकाले भनिन् । प्रियंकाले सन २०१६ मा जय गंगाजलमा अभिनय गरेकी थिइन् । ‘द स्काई इज पिंक’ बायोग्राफिकल ड्रामा फिल्म हो । यो फिल्म मोटिवेशनल स्पीकर आयशा चौधरीको जीवनीमा आधारित छ ।

Comments