एजेन्सी । कुनै बेलाकी टिभी सिरियलकी चर्चित नायिका श्वेता तिवारी फेरी एक पटक घरेलु हिं८साको शिकार भएकी छन् । उनका दोस्रो श्रीमानले पनि श्वेतालाई घरेलु हिं८सा गरेका छन् । उनी घरेलु हिं८साको मुद्दा लिएर प्रहरीकहाँ गएकी छन् । पर्दावाट टाढा भएर आफ्नो परिवारसँग समय बिताइरहेकी स्वेताका बारेमा अहिले भारतीय मिडियामा चर्चा चलेको छ । पछिल्ला केही समयदेखि श्वेता र उनका श्रीमान्बीच खटपट भइरहेको खबर सार्वजनिक भइरहे पनि उनीहरुले सो कुरा स्वीकार गरेका थिएनन् । श्वेताका पति अभिनवले आफ्ना सौतेनी छोरी पलकमाथि पनि हात उठाएका छन् ।

आफु घरेलु हिं८सा हुँदा सहेर बसेकी श्वेता छोरी माथि पनि जाइलागे पछि प्रहरीको सहारामा पुगेकी छन् । एक वेबसाइटका अनुसार गत वर्ष देखि श्वेता र अभिनवबीच केही समस्या चलिरहेको थियो । अभिनवले रिसमा श्वेताकी छोरी पलकलाई पनि थ८प्पड हानेको बताइएको छ । त्यसपछि श्वेता सिधा पुलिस स्टेशन पुगेकी थिइन् ।

वेबसाइटले आफ्नो स्रोतको हवाला दिँदै पुलिस स्टेशनमा श्वेता आफ्नी छोरीसँगै रोइ८रहेकी थिइन् र चि८च्याइरहेकी थिइन् । तर त्यो समस्या भने बाहिर आएन । प्रहरीको सकृयतामा उनीहरुको विवाद घर भित्रै मिलाउने सर्तमा सकिएको छ । श्वेता प्रहरी कार्यालय जाँदा उनकी आमा पनि सँगै भएको बताइन्छ । श्वेताले पुलिसलाई अभिनव धेरैजसो र८क्सीको मातमा मात्र भइरहेका जानकारी दिएकी छिन् । प्रहरीले अभिनवलाई पनि प्रहरी कार्यालय बोलाएर छलफल गराएको थियो । श्वेताले आफू कानूनी लडाईं नलड्ने र यो मामलालाई घरमा नै सुल्झाउने कोसिस गर्ने भन्दै पुलिस स्टेशनबाट बाहिरिएको बताइन्छ ।

यद्यपि, एक अन्य वेबसाइटका अनुसार यो मामलामा अभिनवविरुद्ध मु८द्दा दर्ता भएको छ । जसमा अभिनवले श्वेताकी छोरी पलकका लागि अ८भद्र भाषासमेत प्रयोग गरेका कारण श्वेता रिसाइकी हुन् । स्मरण रहोस्, श्वेताको पहिलो विवाह राजा चौधरीसँग भएको थियो तर यो विवाहमा पनि उनी घरेलु हिंसाको शिकार भइन् ।

Comments