ईश्वर जोशी, बीबीसी – चितवनको भरतपुर महानगरपालिकालले ‘एक वडा एक रङ्ग’ कार्यक्रम अघि सारेको छ।महानगरपालिकालाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार प्रत्येक वडाले आफ्नो रङ्ग चुन्न पाउने र वडाका सबै घरको बाहिरी रङ्ग वडाले तोकेअनुसारको लगाउनु पर्ने मेयर रेनु दाहालले बताइन्।उनका अनुसार त्यसकालागि महानगरपालिकाले ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्ने प्रयास भइरहेको बताएकी छन्। महानगरपालिकाको योजना कार्यान्वयन भएमा तीन वर्षमा सबै घरहरूमा ‘एक वडा एक रङ्ग’ अनुसार रङ्गरोगन भइसक्ने छ।

कार्यक्रमले महानगरको छुट्टै पहिचान बन्नुका साथै व्यवस्थित सुन्दर सहरको रूपमा विकास हुने र रङ्गको आधारमा वडा छुट्याउन सकिने अधिकारीहरू बताउँछन्।यसै आर्थिक वर्षदेखि सकेसम्म सबै वडामा र कम्तीमा केही वडाबाट कार्यक्रम सुरु गर्ने महानगरको योजना छ। कुन वडामा कुन रङ्ग लगाउने भन्ने निर्णय गर्ने अधिकार वडा कार्यालयलाई हुनेछ।एउटा वडाका सबै घरमा आफ्नो वडा कार्यालयले छानेको रङ्ग घरको बाहिरी भागमा लगाउनु पर्ने तर घरभित्र जुन रङ्ग लगाउन पनि पाइने महानगरले जनाएको छ।

Comments