गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नं। ४ चौताराका यी २२ बर्र्षिय श्याम नेपाली जन्मजात अपाङ्ग हुन् । दलित समुदायको बाहुल्य बस्ती रहेको चौतारा जहाँ शिबले जम्मा २ कक्षा सम्ममात्र पढ्न पाए । जन्मदा नै अपाङ्गता भएर जन्मिएका श्याम सानो उमेरमा त कतै पनि हिडडुल नै गर्न सकेनन् ।

दुबै खुट्टा जोडिएका थिए । उनका परिवारले धेरै ठाउँमा उपचार गर्न लगे तर उनी उभिएर हिड्न भने सकेनन् । हिड्नै नसक्ने छोरालाई कम्सेकम घिस्रिएर हिड्न सक्ने बनाउन उनका परिवार सफल भए । आज यीनै श्याम घिस्रिएर हिड्छन् । घर नजिकै चौतारी छ । यो चौतारीमा मानिसहरुको बाक्लो आवत जावत हुन्छ । मानिसहरुको आवतजात हुने भएर होला श्याम धेरैजस्तो समय त्यही चौतारीमा भेटिन्छन् । कतिपयले उनको शारिरिक अवस्था देखेर दयामाया गर्छन् केही पैसा पनि दिन्छन् तर कतिपयले देखे नदेखे जस्तो गर्छन् । तलको भिडियो हेर्नुहोस्

नेपाली समाजको चुनौती नकारात्मक सोच हो ः मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालका सबै युवालाई आफ्नो कर्तव्य र भूमिका बोध गरी राष्ट निर्माणमा अघि बढ्न आग्रह गर्नुभएको छ ।

ललितपुरमा आज नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय युवा दिवस २०१९’को कार्यक्रममा युवामन्त्री विश्वकर्माले नेपाली समाजको वर्तमान गम्भीर चुनौती भनेकै युवामा नकारात्मक सोचको भावना बढ्दै जानुले समृद्ध नेपाल, सुखी नेपाली निर्माणमा प्रभाव पर्दै गएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हरेक युवाले सकारात्मक सोच लिएर अघि बढेमा मुलुकले छिट्टै विकास र समृद्धि हासिल गर्ने छ”, राणाकालीन समय स्मरण गराउँदै मन्त्री विश्वकर्माले लखन थापा, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्रीजस्ता युवाले नेपाल र नेपालीको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिएको चर्चा गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले शिक्षाको बहानामा रोजगारी खोजेर बाहिरिने युवाको क्रम बढ्दै भएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली युवाको सोच विदेशी शिक्षा हासिल गरे माथि पुगिन्छ भन्ने छ, तर त्यो वास्तवमा सही होइन ।

आयोनले विगत १४ वर्षदेखि युवा अधिकार, युवा संस्था र युवा क्षमता अभिवृद्धिका थुप्रै काम गर्दै आएको छ । हाल देशमा रहेका ४०.३ प्रतिशत युवालाई तीन तहको सरकारमा अघि बढाउन आयोनले ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

Comments