भारतकी पूर्व विदेश मन्त्री सुषमा स्वराजको कार्डिएक अरेस्टका कारण निधन भएपछि अधिकांश भारतीय शाेकमा छन् । उनकाे अचानककाे मृ*त्युले धेरै ‘सक’ मा छन् । बलिउड अभिनेता अमिताभ बच्चनलाई पनि सुषमाकाे निधनकाे खबरले नराम्रो प्रभाव पारेको छ।

स्वराजको निधनपछि बलिउड कलाकारले पनि शोक व्यक्त गरेका छन्। अभिताम बच्चनले आफ्नो ट्वीटर एकाउन्टबाट ‘यो असाध्यै दु:खद् खबर, एक असाध्यै प्रवल राजनीतिज्ञ, मिलनसार व्यक्तित्व र अद्भुत प्रवक्ता। आत्माको शान्तिको लागि प्राथना।’ लेखेर फोटो शेयर गरेका छन्।

सुषमाकाे निधनमा भावुक भएका अमिताभले छोटो कविता पनि लेखेका छन्,‘मृदुभाषी, सम्मोहक वक्ता, मिलनसार, दुखहर्ता, सुस्माजी जेसोका रिुक्त स्थान कभी नहि भर्ता’

यो पनि पढ्नुहोस सेतो वस्त्रमा सुष्मालाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रायः गेरु वस्त्रमा हुन्छन् । धार्मिक स्वभावका उनी अरु रङ्गको कपडा सायदै पहिरिन्छन् । २२ साउनमा उनी सेतो वस्त्रमा देखिए । आफ्नो पहिलो कार्यकालमा विदेशमन्त्री रहेकी सुष्मा स्वराजलाई अन्तिम श्रद्धाञ्जली दिन पुग्दा उनी सेतो वस्त्रमा थिए । मोदीले स्वराजको पार्थिव शरीरमा फूल अर्पण गरे ।निकै भावुक मोदी स्वराजप्रति सम्मान गर्थे ।

भारतीय जनता पार्टी प्रमुख प्रतिपक्षी हुँदा स्वराज भारतको लोकसभामा विपक्षी दलका नेता थिइन् । कुनैबेला उनको प्रभाव मोदीको भन्दा बढी थियो । मोदीले स्वराजलाई प्रतिष्पर्धी भन्दा प्रतिभाशाली महिला नेताका रुपमा बुझे । त्यसैले पहिलो कार्यकालमा विदेश मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिए ।

Comments