पेट्रोल बोकेको ट्याङ्कर वि*स्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृ *त्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर वि*स्फोटन भएको प्रहरीले जनाएको छ । घट*नास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ । प्रहरीका अनुसार ६० जनाको घट*नास्थलमै मृ*त्यु भएको र अरु ७० भन्दा बढी ज*लेर घा*इते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था ग*म्भीर रहेको जनाइएको छ ।

“हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ,” प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए । उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन् । घाइतेमध्ये धेरैको अवस्था ग*म्भीर भएकाले मृ*त्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन् ।

जलेर घा*इते भएका मध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे दु*र्घटना भएको हो । एउटा मोटर चालकलाई छलेर अगाडी बढाउन खोजीरहेका बेला ट्याङ्कर पल्टिएको हो । ट्याङ्कर पल्टिएपछि ट्याङ्करबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट भएको र उनीहरुको मृ*त्यु भएको हो ।

Comments