काठमाडौं । नेपाल प्रहरीले भारतको लखनउबाट १३ वर्षको प्रयासपछि एउटा परिवारकै ह *त्याका अभियुक्तलाई जोखिम उठाएर अपह*रणकै शैलीमा नेपाल ल्यायो । नेपाल प्रहरीले ७५ साल कत्तिकमा सम्साँझै लखनउमा गहना पसल सञ्चालन गरेर बसिरहेका किशोरीलाल सोनीलाई कसरी समातेर गाडीमा हालेर नेपाल ल्याएको थियो भन्ने सिसिटिभी फुटेज भारतीय मिडियाहरुले पनि देखाइरहेका छन् ।

किशोरीलाल सोनीले नेपालगञ्जको सदरलाइनका एकै परिवारका चारसहित पाँच जनाको ह *त्या गरेका थिए । उनले आफ्नी छोरीका पति दीपक हेमकार, दीपकका बाबु जगदेव हेमकार, आमा सीतादेवी हेमकार, हजुरामा गुलाबदेवी र घरमा काम गर्ने राशनिश्चर चौधरीको ह *त्या ६२ सालमा गरेका थिए ।

हेमकार परिवारको सम्पत्तिको लोभमा किशोरीलाले छोरी दीपासँगै मिलेर उनका पति र पतिका परिवारकै ह… गरेको अभियोग छ । नेपाल प्रहरीले किशोरीलाललाई जस्तो जोखिम उठाएर पक्राउ गरेर नेपाल ल्याएको थियो, त्यो मतलवै नगरी जिल्ला र उच्चको आदेशलाई समेत वास्ता नगरी सर्वोच्च अदालतले किशोरीलाललाई सादा तारेखमा छाड्ने आदेश दियो ।

यो घ*टनामा दीपककी पत्नी दीपा र उनका बाबु किशोरीलालको हात छ भन्ने शंका दीपकका काका बलराम हेमकारलाई थियो । उनले प्रहरीमा संघर्ष गरेरै किटानी जाहेरी पनि दिए । धेरै प्रयास गर्दा गर्दा बलरामको जाहेरीमा प्रहरीले अनुसन्धान गर्यो अथवा भनौ १३ वर्षसम्म केही गरेन । विभिन्न प्रहरी अधिकृतहरुले बलरामले मागेको न्याय दिन खोजेनन् । ७५ कात्तिकमा बल्लतल्ल सयौं कोसिस गरेर नेपाल प्रहरीले लखनउबाट किशोरीलाललाई ‘उठाए’ पछि भारतीय मिडियाले ‘लखनउमे नेपाल प्रहरीकी सर्जिकल स्ट्रयाइक’ भन्दै समाचार सम्प्रेषण गरे ।

हेमकार परिवारको ह *त्यापछि धेरै लामो र ठूलो संघर्षपछि जाहेरीवालाको पक्षमा नेपाल प्रहरीले काम गरेको थियो । किशोरीलाललाई प*क्राउ गरेर नेपाल ल्याइएको थियो । किशोरीलालाई पुर्पक्षमा राख्न जिल्ला अदालत बाँके, उच्च अदालतले समेत आदेश दिएको थियो ।असार २७ गते हेमकार परिवारका ह *त्या अभियुक्तलाई सर्वोच्च अदालतका दुई जना न्यायाधीशले सादा तारेखमा मुक्त गर्न आदेश दिए । ती दुई न्यायमूर्ति थिए–इश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारी ।

यी दुई न्यायाधीशले यस्तो आदेश दिएपछि किशोरीलाल सोनी भारत फर्केर ठूलो भोजको आयोजना गरे ।हेमकार परिवारको ह *त्या किशोरीलालले नै गरेको शंका मात्रै थिएन । त्यो बेला भएका प्रमाण प्रहरीले नै नष्ट गरेको, फाइल लुकाएको, महत्वपूर्ण प्रमाणलाई बेवास्ता गरेको अभियोग बलराम हेमकारको छ । अरु त अरु हेमकार परिवारको ह *त्या भएपछि दीपक हेमकारकी पत्नी दीपा सोनी हेमकारले नेपालगञ्जमा भएको सम्पत्ति बेचेर भारत जान खोजिन् ।

त्यो बेला नेपालमा प्रहरीले किशोरीलालमाथि शंका गरेको थियो । दीपाले लखनउमा रहेका आफ्ना पिता किशोरीलाललाई टेलिफोनमा भनेकी थिइन्, ‘पिताजी आप नेपाल मत आइए । पुलिसको सक हो गई हैं । मुझे रोज बुलाकर पुछताछ हो रहि हैं । मै नेपालकी प्रोपर्टी बेच के जल्दी आउँगी ।’ यो वार्तालाप सुन्ने मान्छे पनि छन् । सुन्नेले प्रहरीमा बयानसमेत दिएका छन् ।

तर पनि हेमकार परिवारको दूर्भाग्य । अब फेरि लखनउबाट किशोरीलाललाई ल्याउन सम्भव नहोला । परिवारकै हत्याराले सजाय पाउने अवस्था सायदै रहला । किनभने किशोरीलाललाई सर्वोच्चले नै छाडिदिइसकेको छ । किशोरीलाललाई तारेखमा छाडेपछि उनलाई फेरि अदालतमा हाजिर गराउन सकिदैन भन्ने थाहा पाएर पनि किन न्यायाधीशहरुले छाडे होलान् भन्ने रहस्यमय छ । श्रोत नेपाल आज

Comments