दुर्घ*टनामा परी आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको सफल शल्यक्रिया गरिएको छ । बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर शौचका लागि जान लाग्दा घरको छतबाट चिप्लिएर तल रहेको बाँसधारीमा बाँसको ठुटोमा परेका थिए । ठुटो पेटमा रोपिएर आन्द्रा, भुँडी बाहिर निस्किएपछि आफन्तले तत्कालै मोटरसाइकलमा राखेर सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुयाएका थिए । डा राजीव मिश्रा, डा पारसमणि साह, डा शशाङ्क यादव, डा गोपाल यादवलगायतको टोलीले उनको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गर्न चार घण्टा लागेको डा मिश्राले बताउनुभयो ।

डा। मिश्राका अनुसार, शल्यक्रियाका लागि चार घण्टाको समय लागेको थियो । आन्द्रा भुँडी बाहिर निस्किएको गम्भिर अवस्थाका बालकको क्षतविक्षत बनेको २० सेन्टिमिटर आन्द्रा भुँडी काटेर सफल शल्यक्रिया गरी बचाउन सकेकोमा निकै आत्मसन्तुष्टि मिलेको उनको भनाई छ । उनले बालकको उपचारमा संलग्न पुरै टिम धन्यवादको पात्र रहेको बताउनु भयो ।

शल्यक्रिया सफल भई शुक्रबार बालक होसमा आएपछि आफन्तहरु पनि निर्कै खुशी भएका छन् । शल्यक्रिया सफल भएपछि घाइते बालकका आफन्तले खुशी व्यक्त गरेका छन् । ‘अप्रेशन सफल हुने हो की होइन्, भन्ने निकै डर थियो’ घाइते बालककी आमा सबनम खातुनले भनिन्, ‘डाक्टरहरुको प्रयास सफल भयो, ज्यान बच्यो, धेरै खुशी भएका छौं ।’

Comments