काठमाडौं, २३ साउन । शुक्रबार देखि बढेको सुनको मुल्यमा आज बिहिबार पनि तोलाको रु।५ सय बढेर प्रतितोला ७० हजार रुपैंया पुगको छ । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार प्रतितोला ७० हजार पुगेको हो । त्यस्तै बुधबार प्रति तोला ८ सय १० रुपैंयामा कारोबार भएको चाँदी बिहिबार प्रतितोला १० रुपैंयाले बढेर प्रतितोला ८ सय २५रुपैंयामा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यो पनि समाचार आइएमई फाउन्डेसनले सिराहाका बाढी प्रभावित स्थानीयलाई राहत वितरण गरेको छ । फाउन्डेसनले जिल्लाको नाराह गाउँपालिकाकाबाढी प्रभावित स्थानीयलाई राहत दिएको हो । बाढीबाट प्रभावित गाउँपालिकाका सय घर परिवारलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेको पाउन्डेसनका कार्यक्रम व्यवस्थापक राजु पौडेलले बताए ।

उनका अनुसार स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनको रोहबरमा राहत सामाग्री स्थानीयलाई बाँडिएको हो । फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदका साथै प्राकृतिक विपत्तीबाट प्रभावितहरूको पुर्नस्थापनामा विशेष योगदान पु¥याउँदै आएको छ । फाउन्डेसनले विविध कारणले अविभावक गुमाएका १५ बालवालिकालाई काठमाडौंको सानोगौचरस्थित महेन्द्र आवसीय माध्यामिक विद्यालयमा पूर्ण छात्रवृत्तिमा पठन पाठनको व्यवस्थापन गर्दै आएको छ ।

Comments