निर्मला अधिकारी ‘आचार्य’ – आमा ! मेरो अधिकार ले मलाइ खोजेको छ यो संसार रुपि भगवान ले  मलाइ रोजेको छ, म तिम्रो कोखमा ९ महिना बसेर तिम्रो मातृत्व भर्न चाह्नन्छु, अनि नौ महिना पछि तिम्रो ममता रुपि काखमा खेल्न चाहान्छु । अनि बाबा !म तिम्रो आँखाको नानी बन्न चाह्न्छु, मेरो प्रेम ले तिमिलाइ भर्न चाह्न्छु अनि तिम्रो औंला मा भरिदै थिरेथिरे गर्दै बाबा म तिम्रो वरि परि घुम्न चाहन्छु, तिम्रो दुख सुख को सहारा बन्न चाहन्छु, जुन बेला तिमिले खोजेको भगवान रुपि छोरा तिमी बाट अलग्गिने छ। त्यो समय तिम्रो र आमा को श्वास बनेर रहनेछु ।बाबा तिम्रो सपना म पूरा गर्नेछु।

आमा तिम्रो कोख भर्नु मेरो गल्ती भएकै हो त?।आखिर मेरो गल्ती काँहानेर भयो ?के म जन्मनु अभिषाप हो?जब म भ्रुण मै मेरो अस्तित्व लुटिदैंछ ,मलाइ रगताम्य बनाउदै कन्टेनर मा फालिन्छ। आमा तिम्रो वाध्यतामा मलाइ नमुछ? संसार रगांउने मेरो सपना हरुलाइ रगताम्य बनाउदै कन्टेनर मा नफाल । आमा !बाबा त पुरुष हो! तर म तिम्रो कोखको एक हिस्सेदार हुं।जो मेरो अभाब तिमिलाइ पल पल खड्किरहन्छ ।किन तिमी यति कठोर बन्यौ? तिम्रो ढुक्ढुकी मा मेरो कोलाहलको चित्कारले तिमिलाइ सुनेन? ममताकी खानी मेरि आमा कसरी कठोर बन्न सक्छयौ र ? हुन त तिम्रो वरिपरि मलाइ गिज्याउने समाज होला!

तिम्रो घर भित्र बाटै बंश को लागि हकदार खोज्दै होलान ! अनि मेरो बाबा ले छोरो नभएकै कारण तिमिलाई अपहेलित गर्दै होलान।हरेक बिहान छोराको लागि तिमिलाइ गर्भमा रहेकी छोरिलाइ तुहाउन को निम्ति दबाब दिदैं होलान !अनि मनमा कुंठित हुँदै गहभरी आँसु र मुटु भरी पीडा लिदैं मन लाई निचोर्दै मेरो श्वास निचोर्न तिमीलाइ बाध्य बनाएका होलान। तर तिमी नडग्मगाउ आमा! आज तिमिले मेरो लागि सघंर्ष गर भोलि का दिन पक्कै म तिम्रो पिडाहरु भुलाउने छु । तिम्रो अनुहारमा खुसिले भर्नेछु ,मलाइ गर्भमै तुहाउन खोज्ने समाजलाइ अनि पुरुष बादी सोंचलाई म पछार्नेछु मात्र तिमिले मलाइ संसार देखाउ ।मेरि आमा मेरि आमा! बाबा म तिम्रो अंगको शक्ति हुँ।आमाको कोखलाइ नरित्याइदेउ तिमिले सम्हाल्नु पर्छ, समस्या सगं आएको चुनौतिलाइ तिमिले नै सामना गर्नु पर्छ आमाको पिडामा तिमिले खुसी ल्याउनु पर्छ । गर्व मा रहेको म जस्तै छोरिलाइ तिमी जस्तै प्रत्यक बाबू ले रोक्नु पर्छ।

म जन्मन नपाएको समाज चाहे छोरा होस या छोरी बाबा आमा मिलेर बनेको यो उपहार लाई दुबै जनाले स्विकार्न सक्नु पर्छ,कुंठाले भरिएको समाजका मातृत्व मन लाई शान्त मय बातारण सृजना गर्न सक्नु पर्छ । जो म जस्ता (छोरी) अबोध बालिकालाइ रगत को डल्लो मा नै हत्या गरिन्छ।

विश्व हाक्ने छोरी लाई निरुत्साहित बनाउन नखोज। यो तिम्रो शिक्षित समाज को पहिचान होइन।सांचिनै भन्नू पर्दा छोरी लाई एक स्टेप भएपनी पछाडी देख्ने समाज हाम्रो पुरातन सोंच बाट कत्ती पनि पर हट्न सकेको छैन। छोरीहरु छोरी भयकै कारण दिन प्रती दिन गर्भ बाटै पतन भैरहेका छन। एक पटक आफुलाइ हेर्नुहोस त म काहां छु र म के खोज्दै छु ।कतै हामिले गरेको निर्णय गलत त छैन ?हजुर जस्तै हरेक बाबू आमाले सोच्नु पर्ने यो ….खाली ठाउँ कस्ले पूरा गर्छ? छोरी कुन कुरामा असक्षम छ ?

जब सहाराको लागि तिमी लाई सन्तान को आवस्यक पर्छ त्यो पल तिम्रो साहारा बन्नेछन,जब तिम्रो सपनालाइ म साकार बनाउने छु , घर ,समाज र रास्ट्र को अगाडि तिमिलाइ छोरी जन्माउनुमा गर्भको महशुस गराउने छु । पुरुष बादी सोचंले अल्झिएको मस्तिष्क अहिले पनि हजुर बुवा आमाको पाला को सोचं बाट टाडा हुन दिएको छैन । छोरी पनि छोरा सरह हरेक क्षेत्रमा बराबरी छनभन्ने थाहा हुदाहुदै पनि अझै मन लाई बुझाउन नसक्दा हामी गर्भ मै बिलिन हुनुपरेको छ। यहि समाजको तितो यथार्थ लाई भोग्नु परेको सत्य नै सबै भन्दा ठूलो कमजोरी हो। छोरी छोरी भएकै कारण छोरिको अस्तिव लाई तुहाइंदै छ? आमा!

म गर्भमा नै पतन भएका हरेक छोरी को आवाज लियर आएको छु। अब गर्भ मै हामी जस्ता अबोध छोरी को ह*त्या नहोस बिन्ती आमा मेरो यो आवाज लाई तिमीले तिम्रो समाज मा छर्नेछौ। र हामिले संसार देख्न पाउने छौ । बाबा आमा तिम्रो हात डोर्याएर संसार घुम्ने मेरो चाहाना दुबै मिलेर पूरा गर्नै पर्छ । म गर्भमा रहेकी छोरी को पुकार लाई केवल तिमी दुई बाबू आमाले बुझिदेउ जब तिमी बद्ल्नछौ नि समाज आफै बद्लिने छ । अनि छोरी प्रतिको हेरिने सोचं पनि रुपान्तरित हुनेछ ।

Comments