विषय:-गृहमन्त्री को राजीनामा माग`खुल्ला पत्र´

बिश्व शान्ति का दुत भगवान गौतम बुद्ध को देश ; बिश्व को शिर सगरमाथाको मेरो देश।अनि सार्वभौमसत्ता सम्पन्न हामी स्वाभिमानी इमानदार अनि कर्मठ नेपाली । यही हो सन्सार का हरेक कुनामा रहेका नेपाली ले दिने नेपाल र नेपाली को परिचय । आफैमा पुर्ण र कति सुन्दर छ । हो यही परिचय को परिधिभित्र रहेर धेरै बाहानाबाजी नगरीकन यक सार्बभौमसत्ता सम्पन्न नेपाली को हैसियतले लाखौं प्रवासी नेपाली को प्रतिनिधित्व गर्दै ; मेरो देशका सम्मानित गृहमन्त्री श्री राम बहादुर थापा `बाद´ ज्यू को गृहमन्त्री पदबाट म समित के.सि. हाल अष्ट्रेलिया देखि दुख का साथ राजिनामा माग गर्दछु ।

कारण, मन्त्रालयको एक वर्षको कार्यसमीक्षा सुनाउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर की किशोरी निर्म*ला पन्तको बला*त्कारपछि ह*त्या जघन्य अपराध भए पनि नयाँ र पहिलो घट*ना नभएको – ‘निर्मला घट*नाका प्रकरण यसभन्दा अगाडि पनि थिए, आज पनि छन् र भोलि पनि केही समयसम्म रहन्छन् । यस किसिमका अपराधलाई हामीले पूर्णतः निषेध
गर्न सक्दैनौं ।’

यस खाले गैरजिम्मेवार हतोत्साहित र अपराध लाई प्रसय दिने खालको अभिव्यक्ति ले देशमा नागरिक को शान्तिसुरक्षा मा गृहमन्त्री असफल हुनुभएको स्वयम सुइकार्नु भएको छ । यश अभिव्यक्ति ले बिदेश मा रहनुहुने लाखौं नेपालीहरु लाई परिवार समाज र देशको चिन्ता ले गम्भीर भाभुक बनायको छ ।गृहमन्त्री को यश अभिव्यक्ति ले अन्तरास्ट्रिय इस्तरमा शान्ती दुत भगवान बुद्ध र बिश्व को शिर सगरमाथाको देश अनी सार्बभौमसत्ता सम्पन्न नेपाल र नेपाली को शिर निहुरियको हुँदा तत्काल गृहमन्त्री राम बहादुर थापा `बादल ´ को पदबाट राजीनामा माग गर्दछु ।

समित के.सि.
अष्ट्रेलिया

Comments