गुलरिया, ८ साउन । केही दिन पहिला आएको वर्षा र वाढीले पूर्वी तराईमा कहर मच्चाएको थियो । अहिले पश्चिम क्षेत्रमा बाढीले प्रभाव पारेको छ । बर्दियामा नदिले बगाएर दुई जना बेपत्ता भएका छन् । बबई नदीमा पानीको बहाव बढेपछि काठ खोज्ने क्रममा २ जना बेपत्ता भएका हुन् ।

बर्दियाको बारबर्दिया नगरपालिका ११ का राम भरोसे थारु र नाम नखुलेका अर्का एकजना वेपत्ता भएको प्रहरीले जनाएको छ । वेपत्ता भएका एकजनाको प्रहरीले उद्धार गरेको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले मंगलबार रातिदेखि आएको अविरल वर्षाका कारण मानखोलामा आएको बाढीले बर्दियाको बाँसगढी नगरपालिका ३ खल्ला बस्ती डुवानमा परेको बताए । बाढीले बाँसगढी खल्ला वस्तीका ४० घर डुवानमा परेका छन्।

तर त्यस क्षेत्रमा कुनै मानवीय क्षती नभएको प्रजिअ कुरुम्बाङ्गले जानकारी दिए। वर्षादको समयमा कुनैपनि बेला नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन उनले आग्रह गरे।

Comments