काठमाडौ, ८ साउन । झापामा भर्खरै भएको एउटा घटनाले युवती प्रयोग गरेर युवालाई यसरी फसाउने गरिएको छ भन्ने खुलेको छ । झापा बिर्तामोडका व्यवसायी मोहम्मद खान (नाम परिवर्तन) लाई युवती प्रयोग गरेर फसाइएको छ । उनको झण्डै ज्यान समेत गएन । लाई असार २८ गतेदेखि सामाजिक सञ्जाल इमो र मोबाइल मार्फत परिचय भएकी युवतीले भेट्न बोलाएका कारण गएका उनको झण्डै ज्यान गएको हो । जया खान नाम बताउने युवतीले ब्यापारीलाई एउटा कोठामा रातिमा बोलाएर अन्य युवाहरुसंग मिलेर अश्लिल भिडियो बनाएकी थिइन् ।

युवतीको नरम बोलीले लठ्ठ परेका उनी उनलाई भेट्न साउन १ गते साँझ साढे ७ बजे बिर्तामोड–४ स्थित कुमारी बैंक छेउमा पुग्छन् । ति युवतीले कुमारी बैंकभित्रको गल्लीको एक घरमा राति १० बजे पुर्‍याउँछिन्। त्यस पछि सुरु हुन्छ घटनामा ट्वीष्ट । त्यसैबेला उनीहरु बसिरहेको कोठमा अरु ३ जना युवाहरु पुग्छन्।

व्यवसायी मोहम्मदलाई पेस्तोल ताक्दै र कुट्दै सबै कपडा खोल्न लगाउँछन् र अस्लिल भिडियो बनाइन्छ । भिडियो खिचिसकेपछि ती युवाहरुले भन्छन्, ‘युट्युबमा भिडियो हालेर भाइरल बनाइदिन्छौं। होइन भने ४० लाख रुपैयाँ ले।’ उनीहरुले साउन ५ गतेसम्म पनि ४० लाख नदिए ज्यान नै मार्ने धमकी व्यवसायीलाई दिन्छन्।

पैसाका लागि भन्दै बारम्बार फोन आएपछि आजित भएका व्यवासीले साउन ३ गते प्रहरीकहाँमा उजुरी दिन्छन्। पीडितको उजुरीको आधारमा अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त घटनामा संलग्न ४ जनालाई झापाकै चारआलीबाट साउन ५ गते पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने वर्ष २९ को मेराज खान, इलाम फाकफोकथुम गाउँपालिका–१ घर भई बिर्तामोड–२ चारपाने बस्ने २० वर्षीया ऋतु फियाक लिम्बु, भारत दार्जिलिङ थाना खोरिबारी घर भएका २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र झापा बिर्तामोड–४ का २५ वर्षीय प्रकाश दास छन्। व्यवसायीलाई फसाउन जया नामबाट फोन गर्ने युवतीको वास्तविक नाम भने ऋतु हो ।

Comments