एजेन्सी । माया भन्ने चिज नै बिचित्र को । तर माया भने फरक फरक हुन्छ । परिवारका अन्य सदस्यलाई गरिने माया र श्रीमतीलाई गरिने माया फरक हुन्छ । तर मानिसलाई जनावरसंग पनि यस्तो लगाव हुन्छ की त्यसका लागि उ जे पनि गर्न तयार हुन्छ । त्यसको उदाहरण एक पुरुषले देखाएका छन् । आफ्नो हराएको चिहुवाहुवा प्रजातिको कुकुरलाई खोज्न महिनौं बिताएका एक व्यक्तिले अन्तिममा यस्तो उपाय निकाले जसका कारण आफ्नो कुकुर भेटियोस् ।

उनले सो कुकुरलाई निकै माया गर्थे । महिनौं लगाएर खोज्दा पनि नभेटिएपछि उनले कुकुर खोजेर ल्याइदिने ब्यक्तिलाई एउटा बेडरुम भएको घर र जग्गा उपहारमा दिने घोषणा गरेका छन् ।एडी कोलिन्सको जेनी नामको प्रिय कुकुर गत अप्रिलमा हराएको थियो । अमेरिकाको टक्सन निवासी उनले त्यतिबेलादेखि प्रत्येक दिन कुकुरलाई खोजिरहेका छन् । जताततै खोजेपनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने घोषणा गरे । उनले सो घोषणा सहितको भिडियो सामग्री पनि सार्वजनिक गरेका छन् ।

कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिनेछन् । ‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस् चाहन्छु ।’जेनीको फोटो समोतेर सार्वजनिक गरेको भिडियो निकै भाइरल भइरहेको छ ।

यसमा मेसेज लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ ? मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ । यदि म कहाँ छु भनेर तपाईंलाई थाहा छ भने मलाई सुरक्षित घर फिर्ता हुन सहयोग गर्नुहोस्, त्यसपछि सबै तपाईंको हुनेछ । मेरो नाम जेनी हो ।’

Comments