एजेन्सी । कतिपयलाई अग्लो भनेपछि त्यसै डर लाग्छ । अग्लो रुखमा, पर्खालमा चढ्न नसक्ने धेरै छौं । पुलवाट तल नदिमा हेर्दा पनि कतिलाई त रिंगटा नै लाग्छ होला । तर एक युवकले तेह्रसय फीट अग्लो टावरमा एउटा हातले टेकेर चटक देखाएको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

नर्वेको आन्डाल्सनेसमा एस्किल रोनिङ्सबाक्केनले यस्तो काम गरेका हुन् । उनले कसैलाई मनोरञ्जन दिन भने चटक देखाएका होइनन् । यो उनको परिश्रम हो । शरिरलाई कसरी सन्तुलनमा राख्न सकिन्छ भन्ने उदाहरण उनले देखाएका छन् । ति ब्यक्तिले एउटा र्भयाङ बनाएर त्यसमा हातले टेकेर शन्तुलन कायम गरेको भिडियो अहिले भाइरल भएको छ । उनले त्यसरी हातले टेकेर देखाएको शन्तुलनका पछाडीको दृष्य निकै मनोरम देखिन्छ । तेह्रसय फीट अग्लो भ्युपोइन्टमा गएर उनले शरीरलाई सन्तुलनमा राख्दै यो स्टन्ट गरेका हुन्।

Comments