हेटौंडा, ७ साउन । हेटौँडामा पल्टिएको भारतीय नम्बर प्लेटको ट्रकमा अन्य सवारी साधन ठोक्किएर २ जनाको मृ*त्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय नम्बर प्लेटको ट्रक पल्टिकएको थियो । सडकमै पल्टिएको ट्रकमा अन्य सवारी साधन ठोक्किएर दुई जनाको मृ*त्यु भएको हो । दुर्घटनामा परेर अन्य ८ जना घाइते भएका छन् ।

वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको एन–एल–ओ–आईडी ८०३१ ओभरलोड ट्रक उकालो चढ्न खोज्दा बिग्रियो । मर्मतपछि हेटौंडातर्फ जान लागेको ट्रक मंगलबार अनियन्त्रित भएर सडकमै पल्टिए पछि यस्तो घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार ट्रक पल्टिएपछि सडकमा सवार करिब ८ वटा सवारीसाधन ठोक्किएको हो ।

डिएसपी भट्टराईका अनुसार अनियन्त्रित भएर पल्टिरएको ट्रकमा ना १ ह ८८२४ नम्बरको अटो ठोक्किएर त्यसका चालक मकवानपुरको बसामाडी घर भएका ३० वर्षीय सुजनकुमार ढकालको मृ*त्यु भएको छ । ट्रकको ठक्करबाट मृ*त्यु भएका अर्का व्यक्तिको भने पहिचान खुल्न सकेको छैन । घाइते भएका ८ जनाको हटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पल्टिएको ट्रकमा मोटरसाइकल पनि ठोक्किएका थिए ।

Comments